
जनकपुरधाम- महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।
शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतअन्तरले निर्वाचित भएका हुन्। पाँच दलीय गठबन्धका साझा उम्मेदवार समेत रहेकाअध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाको शुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उनि १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिए ।
यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।