
जनकपुरधाम- नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ संग पछि परेकोमा पुनः एकपटक कम ब्याक गर्दै मतान्तर बढाएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता बनाईरहेको पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए । त्यस पछि महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अघि बढेका थिए भने अहिले मिथिला नगरपालिकाको वडा नंं. १, २ सम्पन्न मतगणना र ३ को जारी मतगणनाबाट यादवले पुनः कम ब्याक गरेका छन्।
अहिले यादव ६८६ मतले अग्रता लिएको छ।
पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २७२०६ मत रहेको छ भने महासेठको पक्षमा २६५२० मत छ ।
अब मिथिला नगरपालिकामा १० वडा रहेको मतदान अधिकृत सुदिप दंगालले जनाएको छ। यहाँ १० वडाका १९ हजार ९०१ मतदान भएको छ। जसमध्ये अहिले वडा १ र २ को मतगणना सम्पन्न भईसकेको छ भने ३ को मतगणना जारी रहेको छ।