
धनुषा- जनकपुरधाममा एउटै मण्डपबा६ २६ जोडीको सामुहिक विवाह सम्पन्न भएको छ।
जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना गर्ने गरेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।
विवाह पञ्चमीमा भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह गरिएकाे छ ।
विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।

जनकपुरधामका स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, ओढ्ने ओछ्याउने, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।
यसले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ ।
विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।
बिश्व हिन्दु परिषद नेपाल को मातहतमा केन्द्रीय सदस्य मनोहर साह,जिल्ला अध्यक्ष संतोष साह, रघुनाथ जी,धनुधर पाण्डेय जी,युवा प्रभारी मोहन जी को अगुवाईमा जनकपुरधाम जानकी मन्दिरको प्रांगणमा सामूहिक दहेज मुक्त आदर्श बिवाह कार्यक्रमको आयोजना गरिएको हो ।