
धनुषा- लक्ष्मी लघुबीत वितिय संस्था लि.ले आफ्नो १२औं वार्षिक कार्यक्रम विविध कार्यक्रम गरी मनाएको छ।

संस्थाको धनुषा स्थित क्षीरेश्वरनाथ नगरपालिका ८ स्थित इच्छापुर माविमा वितिय साक्षरता कार्यक्रमको आयोजना गरी मनाएको शाखा प्रमुख लक्ष्मण चम्लागाईले जानकारी दिएको छ।

वितिय साक्षरता कार्यक्रममा कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

विद्यर्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम बारे अभिमुखिकरण शाखा प्रमुख चम्लागाइले जनाए ।



त्यसैगरी लक्ष्मी लघुवित्तको सबैला शाखाले रेडक्रस सोसाइटी सबैला उपशाखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रम मा २५ जना को सहभागिता रहेको थियो ।
कार्यक्रममा लक्ष्मी लघुवित्तका शाखा प्रबन्धक राजेश कुमार चौधरी, वडा अध्यक्ष , रजतिनितिज्ञ, रेडक्रस सबैला शाखाका अध्यक्ष, बुद्धिजीवी र स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सफल पार्न रेडक्रस सोसाइटी र रक्तदान गरी सहयोग गर्ने सबैलाई शाखा प्रबन्धक चौधरी धन्यवाद ज्ञापन गरेका छन् ।








