महोत्तरी - मठिहानी नगरपालिकाले किसानलाई गहुँकाे वितरण गरेकाेछ।
नगर स्तरीय योजना अन्तर्गत कृषि तर्फको स्वीकृत कार्यक्रम अनुसार लागत सहभागितामा नगरपालिका क्षेत्र भित्रका किसानहरुलाई उन्नत जातको गहूँको बिउ वितरण गरिएकाे हाे।
आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बिउ वितरण गरेका हुन्।
मटिहानी नगरपालिकाको ९ वटै वड़ाका जम्मा ९०० किसानहरुलाई १० किलो ग्रामको दरले विऊ बितरण गरिएको कृषि शाखाका प्रमुख टंक प्रसाद उपाध्यायले बताए।




