
जनकपुरधाम- सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले सिरहाको कर्जन्हा नगरपालिकामा परियोजना सुरुवात गरेको छ ।
नगरपालिकाको ७३ लाख, युएनडिपीको ७१ लाख ६८ हजार र सामुदायिक विकास तथा पैरवी मञ्चको नै प्राविधिक सहयोगमा उक्त परियोजना संचालन गरिएको हो ।
क्षतीग्रस्त भुमी पुनारोत्थान, फलफूल रोपन तथा बगर खेती कार्यक्रम अन्तर्गत नगरभित्रको ९० बिघा बगरमा २४३ जना भुमिहिनलाइ जोडिएको सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।
वातावरणलाई हरित वनाउने अभियान अन्तर्गत बगरमा फलफूल रोपन गरेर किसानहरुलाइ अतिरिक्त आम्दानीको लागी यस परियोजनाले महोत्तरीमा मात्र १४ सय बिघा बगर जग्गालाइ उपयोग गरेको छ ।
कर्जन्हा नगरपालिकामा सुरुवात भएको यो परियोजनाले बिपन्न र गरिव किसानहरुको प्रत्यक्ष जिविकोपार्जनमा टेवा पुर्याउने सहभागीहरुले बिस्वास ब्यक्त गरेका छन ।

नगरप्रमुख भोला प्रसाद पोखरेल यो परियोजना नगरभित्र कै गौरवको योजना भएको वताए । उन्ले भने -` मलाइ के योजना बनाउने होला भनेर चिन्ता लागीरहेको थियो वहाँहरुले पूरा गर्ने हुनुभयो, खुसी लागेको छ ।´
त्यस्तै महोत्तरीमा रातु, मरहा, जंगाहा नदिको जलाधार क्षेत्रमा काम गरेको सामुदायिक विकाश तथा पैरवी मंच नेपालले कमलाको जलाधार क्षेत्रमा काम गरेर भुक्षय रोक्न र गरिव, बिपन्न समुदायको लागी कोशेढुङगा सावित हुने नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठले बिस्वास ब्यक्त गरिन ।
कर्जन्हाका सवै वडाका वडा अध्यक्षले चुरे नासिदै गएको हुनाले कृषिमा संकट बढ्दै गएकोप्रती चिन्ता ब्यक्त गरे ।
अहिले धनुषाको मिथिला नगरपालिका, बट्टेस्वर नगरपालिका, महोत्तरीको बर्दिबास, गौशाला र भंगाहा नगरपालिकामा यस्तै प्रकृतिका परियोजनाहरु संचालनरत छन ।
गौशालाको कुस्मारी टोलमा रहेको नदि उकास तथा क्षतीग्रस्त सयौ बिघा बगरमा खेती गरेर यस परियोजनाले बिपन्न तथा गरिव परिवारको लागी राहत प्रदान गरिरहेको छ भने बर्दिबास नगरपालिकामा यस्तै क्षतीग्रस्त भुभागको पहिचान भैइरहेको अध्यक्ष यादवले जानकारी दिए ।
राष्ट्रिय र अन्तराष्ट्रिय पुरुस्कारवाट सम्मानित भैइसकेको यस संस्थाले विशेषगरि चुरे संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
कर्जन्हा नगरपालिकाको यो नदि उकास जग्गामा ८ हजार ८ सय ५० जातका फलफूलको खेती गर्नुका साथै भुमिहिनहरुलाइ प्रती परिवार ५ देखि ८ कठ्ठा जग्गा वितरण गरेर काम गर्ने तयारी भएको युएनडिपी मधेश संयोजक धन वहादुर चन्दले जानकारी दिए ।