
जनकपुरधाम- नेकपा एमालेका सचिव एवं धनुषा ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रघुवीर महासेठले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटलाई हरुवा छेरुवा दाउ भएको संज्ञा दिएका छन् ।
धनुषा ४ को मतगनणा पुनः गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएको सन्दर्भमा उनले यस्तो प्रतिकृया दिएका छन् ।
महासेठले काँग्रेस नेता महेन्द्र यादव कै उपस्थितीमा मतगणना भएको थियो तर पनि असहमति जनाउँनुको कुनै तुक नभएको बताए ।
उनले सिसिटिभी समेतको निगरानीमा भएको मतगणना पटक पटक गरेपनि केही फरक नपर्ने बताए । दोश्रो पटक पनि जनताले नरुचाएपछि महेन्द्र जीले यो दाउ अपनाएको उनले कटाक्ष गरे ।
महासेठ यसअघि २०७४ को निर्वाचनमा पनि यादवलाई २ हजार ५ सय ५१ मतले पराजित गर्दै वियजी भएका थिए भने पछिल्लो निर्वाचनमा महासेठले १ सय १४ मतले यादवलाई पछार्दै विजयी भएका थिए ।
महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर निर्वाचित हुँदा यादवले ३२ हजार १ सय १२ मत ल्याएका थिए ।