जनकपुरधाम मा जलवायु न्यायका लागि बालबालिकाको परिकल्पना अनुरुप आर्टीभिजम कला प्रदर्शनी प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ।
कायापलट को आयोजना तथा सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफ नेपालको सहयोग मा जनकपुरधाममा कला प्रदर्शनी भएको हो । जनकपुरधाम स्थित सञ्चालित निजि तथा सामुदायिक विद्यालय गरी जम्मा १३ वटा विद्यालयको सहभागिता रहेको थियो।



“पर्यावरण मैत्री नमुना सहर हाम्रो रहर” भन्ने मुल नाराका साथ कायापलटले जलवायु परिवर्तन न्युनिकरण र वातावरणलाई संरक्षण र संवद्र्धन गर्न विभिन्न चरणहरुको कार्यक्रम अन्तर्गत शनिबार कला प्रदर्शनी कार्यक्रममा विधार्थीहरुले वातावरण र मौसममा देखिएको जलवायु परिवर्तन र यसको न्युनिकरण सहित वातावरणको विधमान अवस्था बारे चित्रण मार्फत कला प्रस्तुत गरिएको कुरा कायापलट का अध्यक्ष कैयुम राईनले बताए । उनले भने,’मानिसको परिकल्पना नै चेतनाको स्रोत हो ।’

कार्यक्रममा १३ वटा विधालयले सहभागिता जनाउदै सबै विधालयले उत्कृष्ट कला प्रस्तुत गरिएका थिए जसमध्ये अक्षर विधा मन्दिर, डेफोडिलस पब्लिक स्कूल, संकटमोचन मा.वि र अक्षर विद्यालयका सहभागिले क्रमश रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सहभागी सबैलाई प्रमाणपत्र सहित जलवायु न्यायकालागि लड्न सुझाएको आयोजक संस्थाकी महासचिव विमला रायले बताईन् ।
प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह , विशेष अतिथि सेभ द चिल्ड्रेन का प्रतिनिधि अभिलेश कर्ण , पुर्व प्रदेश सांसद मञ्जु यादव, मानव अधिकार को क्षेत्रमा काम गर्ने इन्सेक मधेस प्रदेश कार्यलय अधिकृत बरुण बस्याल सहित विभिन्न विद्यालयहरुको शिक्षक-शिक्षिका र कायापलट का स्वयंसेवक युवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घोषण र सञ्चालन कायापलटका दिवाकर उप्रेतीले गरेका थिए ।




