ढल्कवेर( धनुषा)- धनुषाको मिथिला नगरपालिका को केन्द्रबिन्दु ढल्कवेर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
मोटरसाइकल मा सवार दुई जना मध्ये एकजनाको मृत्यु घटनास्थलमै भए पनि प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताइएको छ। इलाका प्रहरी कार्यालय ढल्केबर का अनुसार बसही पुल भन्दा आगाडि र श्रीपुर भन्दा ५०० मिटर पछाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।



बसही पुल नजिकै श्रीपुर नपुग्दै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो
उनीहरुको पहिचान अझै खुल्न सकेको छैन। एक को मृत्यु भइसकेको र एक जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भईरहेको छ।
अहिले मोटरसाइकल र बस इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रण रहेको छ।




