महाेत्तरी- बैंकले सम्झौता भन्दा निकै बढी चर्काे ब्याज लिएकाे विरूद्ध गौशाला बजार बन्द गरिएको छ। गाैशलाका ब्यापारीहरुले तिन घण्टाका लागि बजार ब्यबसाय ठप्प गरेर बैंकिंग क्षेत्रकाे विराेध गरेको छ ।

बैंक तथा बित्तिय संघ संस्थाहरुले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेगरी गरीएको ऋण सम्झौता भन्दा अब्यबहारीक तबरले ब्याजदर बृद्घि गरेर लिन थालेको बिरुद्घ आईतबार बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म गौशाला उधोग बाणिज्य संघको अगुआईमा यहाँका सम्पुर्ण ब्यपारीहरुले शान्तिपुर्ण बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

गौशाला उधोग बाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले अहिले आर्थिक समस्या भएको समयमा ब्यापारी,किसानहरुलाई ब्याज तिर्नका लागि अनाबस्यक रुपमा टर्चर दिई बैंकले आतंक मचाएको भन्दै आन्दोलित भएको बताए ।

स्थानीय दुर्गा मंदिरको प्राङ्गणबाट सुरु भएको शान्तिपुर्ण र्याली बजारकाे परिक्रमा गरी पुन मंदिरमा आएर कोण सभामा परिणत भई सम्पन्न गरेको थियो । ब्यापारीहरुले चालु पुँजी निर्देशिका खारीज गर,सम्झौता भन्दा बढि लिएको रकम फिर्ता गर,उच्च सेवा शुल्क खारेज गर लगायतका प्लेकार्ड र नारा लगाएका थिए ।



