महोत्तरी– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ। जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलको दर्जा हासिल गरेको छ।
तर, मधेस प्रदेशमा यो पार्टीको प्रदर्शन अपेक्षाकृत कमजोर देखिएको छ। निर्वाचन आयोगका अनुसार पार्टीले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रबाट समानुपातिकतर्फ मत प्राप्त गरेको छ।
मधेस प्रदेशका क्षेत्र अनुसार समानुपातिक मत
सप्तरी
सप्तरी–१ : २५३
सप्तरी–२ : १५७
सप्तरी–३ : १९०
सप्तरी–४ : २२२
सिराहा
सिराहा–१ : २५५
सिराहा–२ : ३१७
सिराहा–३ : ३९०
सिराहा–४ : १४४
धनुषा
धनुषा–१ : ४६२
धनुषा–२ : २१
धनुषा–३ : ३६३
धनुषा–४ : ५१८
महोत्तरी
महोत्तरी–१ : १,३०८ (सर्वाधिक)
महोत्तरी–२ : ३२८
महोत्तरी–३ : ७४
महोत्तरी–४ : २४ (सर्वन्यूनतम)
सर्लाही
सर्लाही–१ : ८०१
सर्लाही–२ : ५३
सर्लाही–३ : ८७१
सर्लाही–४ : २७
रौतहट
रौतहट–१ : ४५
रौतहट–२ : १८
रौतहट–३ : २ (सर्वन्यूनतम)
रौतहट–४ : १०
बारा
बारा–१ : ५९२
बारा–२ : ६५
बारा–३ : २९६
बारा–४ : ४४९
पर्सा
पर्सा–१ : १६४
पर्सा–२ : १४८
पर्सा–३ : ३३३
पर्सा–४ : २०३
श्रम संस्कृति पार्टीले मधेस प्रदेशको समानुपातिक मतमध्ये महोत्तरी–१ बाट सबैभन्दा बढी १,३०८ मत पाएको छ भने महोत्तरी–४ र रौतहट–३ बाट सबैभन्दा कम मत पाएको छ। यसबाट मधेस प्रदेशमा पार्टीको क्षेत्रगत कमजोरी स्पष्ट देखिएको छ।







