
कृष्ण प्यानलको जित सुनिश्चित बन्दै
बर्दिबास।महोत्तरीको बर्दिबासमा चर्चा बटुलेका छन् कृष्ण प्रसाद गौतमले । जसको अचेल चौकचौरहामा चर्चा भइरहेको छ । पौष ५ गते हुने बर्दिबास उद्योग बाणिज्य संघको चुनावमा प्यानल सहित उम्मेदवारी दिएपछि कृष्ण गौतम टिमकोे जित सुनिश्चित भएको बिषयले बजारको माहौल तातेको छ ।

समाजसेवा र व्यपारीहरुको हक हितका लागि २० बर्षदेखि सक्रिय रहेका उद्योगपति कृष्ण गौतमको प्यानल भारी बहुमतले जित्ने पक्का भएको व्यवसायीहरुले बताउँछन् । उनको प्यानलको चुनाव चिन्ह दियो छाप रहेको छ ।

२०५६ सालमा पान पसलबाट बर्दिबासमा व्यपारीक यात्रा गरेका गौतम उद्योगपति बनेका छन् । उनले तीन सय युवालाई रोजगारी दिन सफल भएका छन् । बर्दिबासमा गौतम ग्लास हाउस र बीरगंजमा प्लाई उद्योग स्थापना गरेका उनले भिडियो क्यासेटको पसल र किराना पसलबाट व्यपारीक क्षेत्रमा चिनिएका थिए ।

उनै कृष्णा गौतमसंग अर्का व्यवसायी बिष्णु खड्काको प्यानल चुनावी मैदानमा छन् । सानो व्यवसायीबाट उद्योगपति बनेका कृष्ण गौतमसंग अनगिन्ति दुःख र संघर्षका अनुभवहरु छन् । जसले उनलाई बर्दिबास उद्योग बाणिज्य संघको चुनावमा जित्ने आधारहरु खडा गरिदिएको छ ।

छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हो भन्ने आदर्श वाक्यलाई दिल र दिमागमा राखेर सधैं समाजसेवामा समर्पित रहँदै आएका कृष्ण गौतकोे चर्चाले उनको टिमको जित सुनिश्चित बनाइदिएको छ ।

झण्डै बीस बर्षसम्म बर्दिबास उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा रहेर काम गरेका गौतम जीवनमा एक पटक अध्यक्ष भएर संगालेको अनुभवलाई व्यपारीहरुको हकहितका लागि खर्चेर व्यवसायीहरुको सुखी जीवन हेर्न चाहन्छन् ।

बर्दिबासमा चन्दा संकलन गरेर विकास निर्माणदेखि गरिब दुःखीहरुलाई सेवा गरेको उनको गर्भिलो बिगत छ । बर्दिबासमा ६ सय बढीको सहयोगमा बर्दिबास सामुहिक पृति मौक्षालय, राधा कृष्ण मन्दिर निर्माण, बरगाछी टोलको बाटोघाटो निर्माण जस्ता थुप्रै समाजिक काम गरेर जनताको विश्वास जितेका पात्र हुन् कृष्णा गौतम ।

सरसफाई, विकास निर्माण तथा सांगीतिक क्षेत्रमा उनले थुप्रै काम गरेका छन् । राष्ट्रिय लोकदोहरी प्रतिष्ठानको महोत्तरी जिल्लाको कार्यसंमिति गठनदेखि प्रदेश र केन्द्रसंग यसको पहुँच पुर्याएर उनले योग्दान गरेका छन् ।

सरल स्वभाव र मिठो बोलीले समाज र व्यवसायी माझ कृष्ण गौतमले लोकप्रियता कमाएका छन् । बर्दिबास उद्योग बाणिज्य संघको चुनावमा आफ्नो प्यानल जिते व्यपारीहरुको हक हितका लागि ११ लाख ११ हजार १ सय ११ रुपैंयाँको अक्षय कोष आफ्नो लगानीमा स्थापना गर्ने संकलप गरेका छन् । व्यवसायीहरुको स्वास्थ्य उपचारमा २० प्रतिशत छुट दिलाउने, व्यवसायीहरुको सुरक्षाका लागि अनेकन कार्यक्रम संचालन गर्ने जस्ता लोकप्रिय योजनाहरु समेटिएका संकलप पत्र सार्वजनिक गरेका छन् ।

नमूना नेपालको समावेशी अनुहारसहित चुनावी प्यानल बनाएर कृष्णा गौतमले बर्दिबास उद्योग बाणिज्य संघको अध्यक्षसहित सबै पदमा जित्ने योजनामा छन् । उनको टिममा सदस्यहरु दिपेन्द्र पराजुली, दिपक कार्की, चन्द्रबहादुर खड्का(विनोद) चुनावमा उठेका छन् । उषा ढकाल, रामनाथ साह, सन्तोषमणी घिमिरे, बेचु बल, पवन ढुंगाना, दिनेश श्रेष्ठ, अशोक महतो, फडिन्द्र भट्टराई(बिजु) र अताबुल नदाफ पनि कृष्ण गौतमको प्यानलबाट चुनावमा उठेका छन् । युवाहरुको अनुभवी टिम कृष्ण गौतमको साथमा रहेकोले व्यवसायीहरुले उनको प्यानललाई भारी बहुमतले जिताउने सल्लाह गरेका छन् ।
