
भैरहवा- पोखरा बागलुङ बसपार्क मा रहेको सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना गरेको आरोप मा ललितपुर महानगरपालिका वडा नं १४ कुमारीपाटीबाट प्रहरी ले संस्था का कोषाध्यक्ष कुमार रम्तेल लाई पक्राउ गरेको छ।
सहकारी संस्था का वचतकर्ता हरु ले संस्था को कोषाध्यक्ष कुमार रम्तेल ले वचतकर्ता हरु को रकम हिना मिना गरेर ठगि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की मा निवेदन दिएका थिए।वचत कर्ता को रकम ठगी गरेको निज रम्तेल को नाम मा जिल्ला अदालत कास्की वाट ठगी मुद्दा मा पक्राउ पुर्जी जारी भएको र निज फरार रहेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय वाट खटिएका प्रहरी टोली ले भाद्र २५ गते ललितपुर महानगरपालिका वाट वडा नं १४ कुमारीपाटी वाट पक्राउ गरि थप अनुसंधान को लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सो कार्प्रयालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी गराए।