जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले दुई महिना भइसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुले गठवन्धनको एकजुटतामाथि प्रश्नचिन्ह खडा भएको वताएका छन् ।
पार्टीको कामले विहिवार जनकपुरधाम आएपुगेका नेता महतोले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वर्तमान सरकारको मन्त्रीमण्डल विस्तार हुन नसक्नुमा गठवन्धनको कमीकमजोरीले भएको वताए ।
उनले भने, 'यसको सरकारी पक्षले जवाफ दिनुपर्ने छ,यो राष्ट्रका लागि पक्कै राम्रो कुरा हैन । उनले लोसपा सरकारमा जाने कुरा अहिले कुनै सोच नवनाएको वताए । गठवन्धनमा आफै पुर्णता नपाएको अवस्थामा लोसपा सरकारमा जाने कुरा सोच्नु हास्याप्रद रहेको वताए । उनले भने सरकारलाई हाम्रो समर्थन वाहिरबाट छदैछ, हाम्रो माग र मुद्दा सम्वोधन गर्यो भने सरकार बाहिरबाट पनि सहयोग र समर्थन जारी रहने छ ।
नेता महतोले एमसीसी संसदमा नआएसम्म एमसीसीको विषयमा लोसपाले कुनै पनि आधिकारीक धारणा नराख्ने वताउदै संसदमा आएपछि यस विषयमा वताउने जनाए । उनले विकास निमार्णका लागि ल्याइएको योजनालाई राष्ट्र र जनताको हितमा सरकारले प्रयोग गर्नुपर्ने धारणा राखे ।
महतोले सरकारले नेपाल भारतको सिमा खुल्ला गर्ने निर्णय गरेपनि अहिले सीमा नखुल्नु सरकार कै कमजोरी रहेकोले नेपाल भारत विचको बेटीरोटीको सम्बन्धलाई जोगाउनका लागि यसप्रति ध्यान दिनु आवश्यक रहेको समेत टिप्पणी गरेका थिए ।