जनकपुरधाम- कुमारी आमाको नामले चिनिएकी सोनाली कुमारी सिंह उर्फ निहारिका राजपूतलाई बलात्कार गरेको आरोप लागेका शिवराज श्रेष्ठले न्यालयकाे मजाक उडाइरहेको बताएका छन् ।
एक टेलिभिजनमा कार्यक्रममा निहारिका राजपूतले आफ्नो मुद्दा मिलाउन एक करोडको प्रस्ताव आएको बताएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । श्रेष्ठले उक्त कुरालाई प्रमाणित गर्नको लागि चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘पहिलो कुरा, न म र मेरो परिवारले उनीसँग पछिल्लो २ वर्षदेखि कुराकानी नै गरेको छ, न म र मेरो परिवारको एक करोड दिने हैसियत छ । एक करोड त टाढाको कुरा १ लाख पनि दिने हैसियत छैन हामीसँग । यो कुरा सरासर गलत र चर्चामा आउन गरिएको प्रोपागाण्डा बाहेक अरू केही होइन । ‘उनले आफूले अपराध नगरेको भन्दै प्रश्न गरेका छन्, ‘प्रेम सम्बन्धमा रहँदा उमेर पुगेका युवा र युवतीबीच भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्ने हो कि होइन, त्यसको व्याख्या अदालतले गर्ने भएकाले मैले केही बोलिन ।’ उनले हक अधिकार लिने दिने विषयमा आफूले कहिल्यै कसैलाई नरोकेको समेत बताएका छन् ।
‘नाबालक र उनले हक अधिकार खोजेमा त्यस्तो हक अधिकार दिने विषयमा मेरो कुनै असहमति छैन ।‘ उनले लेखेका छन्, ‘म मेरो जिम्मेवारीबाट च्युत भएको छैन र हुने छैन ।‘तर कहिले म नाबालक थिएँ भनेर चर्चामा आउन मिडियाबाजी गर्ने, गर्ने मलाई लठ्याउने औषधी खुवायो जस्ता झुटा कुरा किन गर्नु ? श्रेष्ठको प्रश्न छ, ‘ओरेक नेपाल नाम गरेको एनजिओले के कति उद्देश्य र स्वार्थ राखेर उनलाई बोकिरहेको छ ?’ श्रेष्ठ लेख्छन्, ‘ उनी काठमाडौँमा बस्ने खाने व्यवस्था कुन व्यक्ति वा संस्थाले किन र कसरी गरिरहेको छ ? उनलाई विभिन्न व्यक्तिको मुद्दामा ‘अभियान्ता’ भएर हिँड्न आर्थिक सहयोग कसले गरिरहेको छ ? वा उनको आम्दानीको श्रोत के हो ?
ओरेक नेपालले लाखौँ लाख खर्च गरेर उनका लागि वकिल हायर कसरी गरिरहेको छ ? एनजिओको पैसामा किन न्यायमाथि मजाक गरिंदैछ ? उनले एनजिओको नाममा केही युवायुवतिहरुलाई यसरी नै परिचालन गरिएको पनि उनले बताए ।
उनले निहारिकासँग आफ्नो र आफ्नो परिवारको कुनै सदस्यको विगत दुई बर्षदेखि कुनै सम्पर्क नै नभएको अवस्थामा एक करोडको अफर गरेको भन्नु यीनी पैसाकै लागि नौटँकी रचेको पनि आरोप लगाए । उनले अब यीनीहरुले पैसाको अफर भनेर अफर खोज्न खोजेको भनेर बुझनुपर्ने बताए । उनले न्यायलयमा मुद्दा चलिरहेको अवस्थामा पैसा दिएर मुद्दा मिलाउने कुरै नभएको अवस्थामा न्यायलयमाथि पनि लाञ्छना लगाएको भनेर भन्न मिल्ने की नाई ? उनले प्रश्न गरे ।
उनले भने, –न्याय स्वच्छ आस्था हो, मुद्दा चलिरहेकै अवस्थामा जे निर्णय सुनाउँ म स्वागत गर्छु, तर यो बीचमा निहारिकाले एक करोडको अफर गरेको भनेर कति जायज हो ? सानो पसल चलाएर परिवार पाल्ने म एक करोडको अफर गर्छु र ? यो सस्तो लोकप्रियता र स्टन्ड मात्र हो, अब उनीहरुको भित्री रबैया सबैले बुझिसकेको होईन र ?” ज्ञात छ, अदालतले आरोपित शिवराज श्रेष्ठलाई गराएको डिएनए परीक्षणको क्रममा निहारिकासँग रहेको बच्चासँग मिलेको हो ।
डिएनए परीक्षणपछि शिवराज श्रेष्ठससँग बच्चाको डिएनए मिलेपछि शिवराजलाई कुमार बुवा भनिएको हो । निहारिकाले आफूलाई कुमारी आमा भन्दै आएकी हुन । जिल्ला अदालतले शिवराजलाई सहमतिमा नै बच्चा भएको बलात्कार हैन भनेर सफाइ दिसकेकाे अवस्था हाे भने निहारिकाले पुनरावेदन गरेकि छिन्।-न्युजब्यराेकाे सहयोगमा