जनकपुरधाम- जनमत पार्टीले मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।
अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेता र चन्दनकुमार सिंहलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।



संसदीय दलको सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरीले जिम्मेवारी पाएका छन् ।
जनपुरमा पुस ५ गते बसेको जनमत पार्टीको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई यो जिम्मेवारी प्रदान गरेको थियो ।





