जनकपुरधाम- समाचारको विषयलाई लिएर अनलाइन खबर डट कममा कार्यरत पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासङ्घले विरोध जनाएको हो ।
महासङ्घले आज विज्ञप्ति जारी गरी सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको समेत जनाएको छ ।



“महासङ्घ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ, प्रेस विरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासङ्घ माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारलाई ज्यान मार्ने धम्की दिने नगर प्रमुखलाई कारबाहीको माग
नेपाल पत्रकार महासंघ धनुषा शाखाले महासंघका सदस्य एवं अनलाइन खबर डटकमका समाचारदाता शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका प्रमुख बेचन दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई महासंघका अध्यक्ष मनिका झा नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । पौडेलले प्रदेशसभा परिसरमा पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिनुभएको थियो ।
पत्रकारलाई ज्यान मार्ने धम्की दिने नगर प्रमुख पौडेललाई कारबाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघको टोलीले दिएको छ ।




