
रामबाबु यादव,गौशाला - महोत्तरीको गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवारमाथि हातपात भएको छ ।
सोमवार बिहान गौशालामा नेकपा एमालेले मेयरमा अजय कुमार कुशवाहालाई टुङ्गो लगाएपछि मेयरका आकांक्षी रामऔतार महासेठले मेयरमा टिकट नपाएपछि वडा नं. ४ को वडाध्यक्षमा टिकट गर्दै आफ्नो मर्थक सहित कुशवाहाको घर घेराउ गरेका थिए ।
सोमवार बिहानैदेखि घेराउमा परेका कुशवाहालाई समर्थहरुले दिउँसो उम्मेदवारी मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मेयरका आकांक्षी महासेठका छोरा देवेन्द्र महासेठसहितले हातपात गरेका थिए ।
यता, निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले कुशवाहालाई उद्धार गरेका थिए ।