
जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका ७ पोखरियामा रहेको मिथिला सागर अहिले पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । अहिले यहा आउने आन्तरिक पर्यटकहरुको संख्यामा अत्याधिक वृद्धि भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२३ को फस्ट जनवरी देखि अझ बढी नै यस मिथिला नगरपालिका ७ ढल्केवर स्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भीड लाग्न थालेको छ।
मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा-टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आएका छन् ।

हरियाली जंगल, ताल-तलाउ, रमणीय पहाड र मनोरम दृश्यले जो कोहिलाई लोभ्याउँछ । हो, यस्तै चीजबीजहरुले भरिपूणर् मिथिला सागर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
मिथिला नगरपालिकालाई मधेस प्रदेश राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वारको रुपमा पनि चिनिन्छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवर चोकबाट तिन किलोमिटर उत्तर लागेपछि पुग्न सकिन्छ पोखरीया भन्ने स्थानमा । चोरै तिर सालको घना जंगल छ । अनि उत्तरतिर रमणीय चुरिया पहाड। त्यसको कांखमा अवस्थीत छ मिथिला सागर । तालमा सगर गर्ने अहिले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ। वनभोज खाने र तालमा सयर गर्नेहरुको संख्यामा समेत वृद्धि भएको छ। अहिले यस ठाउमा दिनप्रतिदिन पर्यटकहरु आउन थालेपछि यस ठाउको निकै आकर्षणको केन्द्र बनेको छ ।
केमलीपुर र पोखरीया दमार सामुदायिक वनका सिमानामा सात विघा क्षेत्रफलमा फैलिएको छ। सागरको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्व बढाएको छ।

जंगल नजिक रहेको औरही खोलाबाट पाईप मार्फत तालमा चौविसै घण्टा पानी झर्ने व्यवस्था गरिएको छ । त्यसै पाईपबाट खानेपानीको व्यवस्था पनि । तालमा चारवटा डुङ्गा राखिएको छ । ताल घुमघाम गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक डुङ्गामा सयर गरेर निकै रमाउने गर्छन् ।
अहिले प्रत्येक शनिवार सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरूको अत्यधिक भीड लागेको छ। पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी र सुरक्षा व्यवस्था कडा बनाएको छ ।
आज शनिवार मिथिला सागरमा एक सयभन्दा बढी समूह पिकनिकका लागि आएको संरक्षण समितिका पदाधिकारी देवराज घिमिरेले बताए ।
‘शान्त ठाउँ छ। घुम्न आउनेहरू मिथिला सागर मन पराएर जान्छन् र फेरि आउँछन्,’ केमलीपुरका ४७ वर्षीय राजमान विकले भने, ‘टाढा-टाढाबाट मानिस यहाँ घुम्न आउँछन्। वनभोज खान पनि आउने गरेका छन्।’
एक वर्षअघिको कुरा सम्झिँदै उनले भने, “सानो पोखरी थियो। त्यसमा गाईभैँसी आएर आहाल बस्थ्यो। अहिले संरक्षण गर्दा सुन्दर ताल पो बन्यो।”

सो तालको किनारमा लगाइएको विभिन्न प्रजातीहरुको फूलले समेत पर्यटकहरुलाई यहा तान्ने गरेको छ ।
वनबाट आउने कुहु‘ कुहु‘ कोइलीको कोकिल आवाजले पर्यटक मोहित हुन्छन्। तालनजिकैको वनमा देखिने मयुर, भँगेरा, मैना, रूपीले पर्यटकको ध्यान तानेको छ।
तालमा डुँगा सयर गर्न, वनभोज खान, घुम्न दिनहुँ उल्लेख्य संख्यामा पर्यटक आउने गरेको तालको रेखदेखमा खटिएका गणेश खड्काले बताए । एउटा डुङ्गामा चार जनासम्म सयर गर्छन, आधा घण्टा सयर गर्न प्रति डुङ्गा ६० रुपैया लिने गरेका छौं, खडकाले भने, “यहाँ पिकनिक खान आउनेलाई अहिले निःशुल्क गरिएको छ ।”
पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यो ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक पाँच सय देखि हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानिय बताउँछन् ।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले मिथिला नगरपालिकाले चुरिया संरक्षण गरेर तराईको उर्बरभूमी मरभूमीकरण हुनबाट बचाउन केहि वर्षअघि डीपीआर बनाएर योजनाबद्ध रुपमा काम थालेको बताए । । उनले यस स्थानलाई मधेस प्रदेश कै नामुना पर्यटकीय स्थल बनाउने आफुहरुको सोच रहेको बताए।
चुरे ताल निर्माण पछि चुरे संरक्षणमा सहयोग पुगेको छ ।मेयर महतोले यस स्थलको थप आकर्षण बनाउनको लागि सहरी विकास मन्त्रालयमा मिथिला सागरको डिपीआर पेस समेत गरिएको जानकारी दिए।

मिथिला सागरको विकास गर्न शहरी विकास मन्त्रलायबाट चार करोड बजेट स्वीकृत भएको छ । भौतिक पूर्वधार निर्माणका लागि टेण्डर भई काम भई रहेको छ, मेयर महतोले भने, “भ्यू टावर, बगैंचा, चिल्ड्रेन पार्क, ध्यान कक्ष, स्विमिङ पूल, चिडियाखानाजस्ता पूर्वाधार निर्माण भई रहेको छ।”
चुरेमा ताल बनेसँगै जंगली जीवजन्तु, चराचुरङ्गी पानी खान तालमा आउने गरेको मिथिला नगरपालिकाका स्थानीय तथा सामुदायिक वन उपभोक्ता समितिका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्माले बताए।
चुरे जोगाउने प्रयास ः
मिथिलाको पावन नगरी जनकपुरधामभन्दा २८ किलोमिटर उत्तरमा पर्छ मिथिला सागर। ढल्केबर चोकबाट तालसम्म आउनलाई सडक विस्तार गरिएको छ।
४० लाख खर्च रुपैयाँ गरेर केमलीपुरस्थित बसही खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। एक करोड २५ लाख रुपैयाँ खर्चेर डेढ किलोमिटर सडक पक्की ढलान गरिएको छ।
सडकलाई खोलाको बाढीबाट बचाउन बसही खोलामा तटबन्ध समेत बाँधिएको छ।
जनकपुरधामलाई चुरेसँग जोड्ने कडी ः
प्राचीन मिथिला तथा मधेस प्रदेशको राजधानी जनकपुरधामको लागि मिथिला नगरपालिका प्रवेशद्वार हो।
“जनकपुरधाम आउने पर्यटकलाई आकर्षित गर्न सक्छौं, त्यो सम्भावना मिथिला सागरसँग छ,” मेयर महतोले भने, “पहाड, वनजङ्गल, खोलानालालाई संरक्षण गरेर पर्यटकीय गन्तव्यका रूपमा ताल निर्माण गरिएको छ।”

“जनकपुरधामलाई पर्यटकीय दृष्टीकोणबाट जोड्न मिथिला सागर महत्वपूणर् कडी बन्नसक्छ,” मेयर महतोले भने, “जनकपुर आउने पर्यटकलाई ल्याउन सक्यौं भने उहाँहरूलाई पक्कै पनि केही फरक वातावरण महसुस हुनेछ।” पर्यटकलाई आकर्षित गर्ने मनमोहक प्राकृतिक सौन्दर्य मिथिला सागर ताल मै रहेको स्थानीयको भनाइ छ।
स्थानिय जनप्रतिनीधीको अथक प्रयासपछि मिथिला सागर पर्यटकीय स्थलको रुपमा परिणत भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको स्थानियहरु बताउँछन् ।