
युएई- आफ्नो देश बाहिर विदेशमा रहेपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, समुदायका विभिन्न सुखदुखमा साथ दिने उद्देश्यका साथ स्थापना गरिएको मधेशी एकता समाज युएइको दोश्रो महाधिवेशनबाट कृष्ण ठाकुरको अध्यक्षतामा ३१ सदस्य कार्यसमिती गठन भएको छ ।
नेपालको मधेश प्रदेश अन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका निवासी ठाकुर बिगत लामो समय देखी दुबईमा रोजगारी गर्दै आएका छन् । ठाकुर समाजको अध्यक्षमा निर्बिरोध चयन भएका हुन् ।
मधेशी हकहितका साथै मधेशको कला, साहित्य तथा संस्कृति प्रति समर्पित संगठनको दोश्रो साधारणसभा ०७ जनवरी २०२३ का दिन दुबईमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी यस समाजका अन्तर्राष्ट्रिय सस्थापक डा. रबिन्द्र कुमार यादब एबं बिशेष अतिथी नेपाल इकाई काे संयोजक डा. बबी सिंह रहेका थिए भने निवर्तमान अध्यक्ष मुकेश झाको सभापतित्वमा अधिबेशन कार्यक्रम सम्पन्न भएको थियो ।

भेलाले समाजको सह-अध्यक्षमा धर्मेन्द्र गोहियार, उपाध्यक्षहरुमा लाल बाबु सिंह, अनिलकुमार साह, मनोज यादव, राम साह, दया शंकर राजभर, सगीर सफी र डा. मितुशी मित्तल लाई चयन गरेको छ ।
त्यसैगरी समाजको महासचिवमा रोशन देव, कोषाध्यक्षमा अम्बिका शाह, सह-कोषाध्यक्षमा राकेश तिवारी, सचिवमा सन्दिप यादव, नवीन यादव, मनोज यादव, अमरेंद्र यादव, सन्दिप यादव, विमल साह, श्रीदेव सहनी, बिजय यादव तथा सांस्कृतिक संयोजकमा भोला पासवान्, युवा संयोजकमा श्रवन शाह, महिला सन्योजकमा प्रियन्का शाह रहेका छन् ।
समाजको प्रवक्तामा ललित राय चयन भएका छन् । यसैगरी सदस्यहरुमा नेहा साह, मनोहर राय, रञ्जित साह, राम सोगरथ पजियार, पञ्चु कामती, रामपुकार यादव, प्रमोद ठाकुर, रामसागर यादव, मोजिबुल रहमान, रामानन्द सरदार, सञ्जय यादव, सदाकत हुसेन, ईश्वर चौधरी चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिंदै यु.ए.ई. तथा खाडी मा रहेका मधेसीहरुलाई सामाजिक तथा संस्कृतिक रुप मा एकबद्ध गर्दै यस संस्था लाई विश्व का विभिन्न मुलुकहरुमा विस्तार गराउदै लैजाने साथै मधेश मा पनि यस संस्था को उपस्थिति दर्ज गराउन विभिन्न कार्यक्रमहरु ल्याईने जानकारी सस्थापक डा. रबिन्द्र कुमार यादब ले दिए।
त्यसैगरी मधेशी एकता समाजको नयाँ कार्यसमितिलाई हार्दीक शुभकामना दिंदै मुकेश झाले अझै जुझारु भएर मधेसी हकहित तथा मधेसी एकतालाई सुदृढ बनाऊदै अगाडी बढ्न शुभकामन दिए।
मधेशी एकता समाज लाई विश्वव्यापीरुपमा सन्जाल विस्तार गर्दै शाखा कार्यालयहरु खोलिने साथै यो संस्थाकाे कार्यक्रम र इकाई नेपालमा पनि विस्तार गर्न पहल गरिने कुरा नेपाल इकाई का संयोजक डा बॉबी सिंह ले जानकारी गराए ।

समाजले मधेशमा बोलिने सबै भाषा, धर्म र जातिलाई समान स्थान दिने, सबै राजनीति विचारधारासँग समदूरी कायम गरेर सहकार्य गर्दै सामाजिक कार्यहरुमा अघी बढ्ने नव निर्वाचित अध्यक्ष ठाकुरले प्रष्ट पारे।
नवनिर्वाित समितिलाई सल्लाहकार त्रय तन्विर आलम, फैसल हुस्सैन र नुमान सिद्दिकी ले बधाई तथा शुभकामना दिए।
समाजको मुख्य उदेश्यहरु मधेशमा समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेशको हकअधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक आपतबिपतमा सहयोग, शिक्षाको प्रवर्धन, सिप विकाश, कृषिमा आधुनिकीकरणमा सहयोग आदि कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।