२०२२ मा निर्वाचित विजय पोखरेलको नेतृत्वको कार्याकाल ४ महिना वाकी रहदै नया नेतृत्वको तय गरेको हो । एक-एक बर्षमा सकिने कार्यकालमा रोटट्र्याकको नियमअनुसार बर्षेनी नया नेतृत्व चयन गर्नुपने प्रावधान छ ।
सोही अनुसार नया नेतृत्वको नाम तय गरिएको अध्यक्ष विजय पोखरेलले वताए । २०२३/२४ को नेतृत्वको लागी अध्यक्षमा रविन पोखरेलको नाम तय गरिएको छ भने उपाध्यक्षमा तुलसी देवि गौतम, सचिवमा सरोज गजमेर, कोषाध्यक्षमा भवानी अधिकारी, पब्लिक इमेज चियरमा पत्रकार विशाल बस्नेत, कलव एडमिन सुदर्शन श्रेष्ठको नाम तयर गरिएको छ ।



रोटरी कलव अफ बर्दिबासका सदस्य तथा रोट्र्याक कलवका समन्वकर्ता सुदर्शन काफ्लेको उपस्तिथिमा तय भएको उक्त नेतृत्वले २०२३/२४ सम्म कलवलाइ गतिशिल वनाउनेछन । प्रस्तावित नेतृत्वको कार्यकाल भने अहिलेको नेतृत्वको कार्याकाल सकिएपछी मात्र सुरु हुनेछ । सामाजिक कार्यमा निक्कै सक्रिय रहदै आएको रोट्र्याक कलव अफ बर्दिबासमा झण्डै ३५ जना सदस्यहरु छन । सरसफाइ तथा सार्वजनिक चासोको बिषयमा खवरदारी गरिरहेका युवाहरुले कलवको माध्यमवाट नमुना कामहरु समेत गरेका छन ।
प्रहरी तथा समबन्धित निकायसँग साझेदारी गरि युवाहरुलाइ लागुऔषधको विरुद्ध सचेतना जगाउने, सर्पको टोकाइवाट वच्ने उपायहरुको समुदायमा प्रचारप्रसार गर्ने, सितलहरको प्रकोपमा रहेका समुदायको पहिचान गरि न्यानो अभियान चलाउने जस्ता सकारात्मक सक्रियताले छोटो समयमा नै रोट्र्याक कलवले बर्दिबासमा छुट्टै पहिचान वनाएको छ । शनिवार बर्सिबासको बिनायक होटलमा भएको एक कार्यक्रमका विच विजय पोखरेल नेतृत्वले गरेको अहिलेसम्मको समीक्षा, नया नेतृत्वको तय तथा कार्याकालको उत्तरार्धमा गर्ने रणनितिको विषयमा छलफल भएको थियो ।




