जनकपुरधाम– नेकपा एमालेले चैत मसान्त भित्र मधेस प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न मधेश प्रदेश सचिवालय बैठकले मधेश प्रदेश अधिवेशन चैत मसान्त भित्र गर्ने सहितका विभिन्न निर्णयहरु गरेको प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक सोम प्रसाद शर्माले जानकारी दिए ।
नेकपा एमालेले आगामी चैत मसान्त सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने, माघ २० गतेसम्ममा सबै जिल्ला कमिटी बैठक सम्पन्न गर्ने तथा फाल्गुन भित्र संगठित सदस्यता नविकरण तथा अभिलेखिकरण गर्ने निर्णय गरेको बैठकमा सहभागि प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक शर्माले जानकारी दिए । बैठकले महोत्तरी जिल्लाको अधिवेशन चैत्र १५ भित्र सम्पन्न गर्ने, आसन्न स्वबियु निवार्चन सम्पन्न गर्न विद्यार्थी संगठन परिचालन गर्ने निर्णय समेत गरिएको शर्माले बताए ।



नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवं केन्द्रीय सचिव रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठ, सुमन प्याकुरे ललगायत प्रदेश कमिटीका सदस्यहरु सहितको उपस्थिती रहेको प्रदेश कमिटि सचिवालय सदस्य सोम प्रसाद शर्माले जानकारी गराएका छन् ।
साथै मधेश प्रदेशको सभामुखमा एमाले उम्मेदवार रामचन्द्र मण्डललाई मतदान गर्ने दल र सांसदहरु प्रति धन्यवाद समेत बैठकले प्रदान गरिएको उनले बताए ।




