
बर्दिबास- महोत्तरी प्रहरीले अवैध सालको काठसहित ट्र्याक्टर र चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दिबास नगरपालिका–१४ को भित्री सडकबाट ट्र्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्युफिट सालको काठसहित ट्र्याक्टरका चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्रदेश २–०३–००१ त १११३ नम्बरको ट्र्याक्टरमा चारवटा सालका गोलिया काठ लोड गरेर लैजाँदै गरेको अवस्थामा सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय विशाल मगर रहेका छन् । बरामद भएको अवैध सालको काठ, ट्र्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय गौशाला पठाइएको प्रनाउ रावले बताए।