महोत्तरी- बर्दिवास अस्पतालमा शल्यक्रिया सुरु भएको छ । बुधवार अस्पतालमा सेवा विस्तारको शुभारम्भ भए संगै आज शनिवार पहिलो शल्यक्रिया सफल भएको छ ।
आज दुई जना गर्भवतीको सफल शल्यक्रिया भएको अस्पतालका अध्यक्ष जय नरायण शर्माले बताए। उनका अनुसार, गौशला नगरपालिका वडा १ कुसमारी की हिरामाया भट्टराईलाई शनिवार बिहान बेथा लागेपछि बर्दिवास अस्पतालमा ल्याएर ए एन सि भित्र चेक गरिएपछि दिउँसो अस्पतालको विशेषज्ञ डाक्टरहरुवाट सफल शल्यक्रिया गरिएको अध्यक्ष शर्माले बताए।
उनि संगै आएकी मिथिला नगरपालिका वडा ८ तुलसी की अम्बीका सुन्दासलाई दिउसोको वेथा लागेर बर्दिवासमा चेकजाच गर्ने क्रममा पेटमा रहेको बच्चाले फोहर खाएपछि एक्कासी शल्यक्रिया गराउनु परेका अध्यक्ष शर्माले बताए।
बर्दिवास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनका अनुसार अस्पतालमा पहिलो शल्यक्रिया भएको हुनाले विरामीहरुका आफन्तहरु अलि तर्सेका थिए ।
आज गरिएको सफल शल्यक्रियामा अस्पतालका मेसु महर्जन संगै डा. किशोर अधिकारी ,डा.उदव प्रताप सिंह, सिनियनर नर्स चन्डिका अधिकारी, एनेस्थेसियामा बिनोद कुमार सिंह ,कनक पान्डे साथै स्टाफ नर्स रिता यादब, ओटि असिस्टेन्ट राजेश साह ,शर्मिला ठकुरी समेतको संयुक्त टोलि रहेको थिए ।
बर्दिवास नगरपालिकका मेयर प्रहलाद कुमार क्षेत्रीले आज पहिलो सफल शल्यक्रिया भएकोमा चिकित्सक टिमलाई बधाइ तथा धन्यवाद दिए । उनले भने, “बर्दिवास अस्पतालको प्रगति प्रति धरै नै खुसी छु। अस्पतालका डाक्टर नर्स र अस्पताल व्यवस्थापन समिलेलाई बधाइ तथा शुभकामना छ।"
मेयर क्षेत्रीले आफू निर्वाचित भएर नगरपालिकाको कुर्सिमा बस्दै गर्दा, नगरमा स्तरीय स्वास्थ्य सेवाको समुचित बन्दोबस्त गर्ने प्रतिबद्धता गरे अनुसार अघि बढेको बताए। उनले सरकारले दिदै गरेको सुत्केरीहरुलाई सरकारले यतायात खर्च भनेर दिंदै आएको एक हजारमा नगरपालिकाकाे तर्फबाट थप एक हजार सहित जम्मा दुईहजार र नियमित स्वाथ्य्य चेकजाच ठहर भएपछि आठ सय गरि जम्मा २८ सय दिने जानकारी दिए ।