जनकपुर - धनुषा प्रहरीले चोरीका सामानसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाको औरही गाउँपालिका–१ बस्ने २१ वर्षीय शिवशंकर मण्डल र अमित कुमार साह रहेका छन् ।
औरही गाउँपालिका–१ स्थित रामजानकी माविको कार्यालय कोठाबाट कम्प्युटर लगायतका सामान र स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडान गरिएको सोलार प्लेटलगायतका सामानहरू चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
शिवशंकरमाथि शंका लागेर अनुसन्धान गर्दै जाँदा उक्त समानहरू पौडेश्वर चोकमा अमितले सञ्चालन गरेको डेरी उद्योग भित्र खानतलासी गर्दा डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाईफाईको राउटर १ थान, कम्पयुटर किबोर्ड १ थान र सोमिटर १ थान बरामद भएको डीएसपी क्षेत्रीले बताए ।
सोही नजिक सडक छेउमा जमिनमुनि खाल्डो भित्र लुकाई छिपाई राखेको खेतमा जडान गरिएको सोलार प्लेट १ थान समेत बरामद भएको उनले बताए ।
बरामद गरिएका समानहरूसहित उक्त घटनामा संलग्न मण्डल र साहलाई नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षकमा थप अनुसन्धान काय भइरहेको धनुषा प्रहरीले जनाएको छ ।