
महोत्तरी - एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै पहिलो पल्ट राष्ट्रिय फुटवल खेल आयोजना हुने भएको छ।
राष्ट्रियस्तरमा चर्चित कलवलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन्।
बिरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल कलव र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने आयोजक पक्षले जनाएको छ।
बर्दिबास नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ।
बर्दिबास नगरपालिकाले यसअघि नै ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स-प्रायोजन गर्ने कम्पनी र संस्थाहरुवाट व्यवस्थापन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए।

मेयर गोल्डकप नामाकरण गरिएको उक्त खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरुस्कारको राषि र सवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही १० हजार राशीको पुरुस्कारको व्यवस्था गरिएको छ।
४ फाल्गुनसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ म्याचको लागी पनि पुरुस्कारको ब्यवस्था गरिएको छ। म्यान अफ द म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए।
सवैभन्दा महत्त्वपूर्ण त आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलवले वाहिरी खेलाडी समावेश गरेको छैन। यसअघि हुने खेलहरुमा वाहिरबाट खेलाडी किनेर ल्याएको बिषयमा चर्को आलोचना हुने गरेको थियो।
नगरको १४ वटै वडावाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन्। प्रशिक्षक कुल वहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ।

राष्ट्रियस्तरका चर्चित कलवसगँ प्रतिस्पर्धा गर्ने तयारी गरेको आयोजक टिमलाइ महत्वपूर्ण ढंगले हेरिएको छ। आयोजक टिमले नाम चलेका कलवसगँ सुखद प्रतिस्पर्धा गर्ने आयोजक पक्षको विश्वास छ।
`हाम्रा खेलाडीले कलवहरुसगँ प्रतिस्पर्धा गर्न निक्कै गृहकार्य गरिरहेका छन्।