
जनकपुर। मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आज मंगलबार हुन लागेको मन्त्रिपरिषद् विस्तामा नेकपा माओवादी केन्द्रका २ जना मन्त्री सहभागी हुने भएका हुन् ।
माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले बताए ।
प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ गराउने सहमति भएको साहले बताए । यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए ।