
महोत्तरी- नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुलीका संघिय संसद श्याम घिमिरेले महोत्तरीमा नेपाली काङ्ग्रेस नयाँ ढंगले उदाउने वताएका छन् ।
गुट-उपगुटका कारण पाटी धरासयी भएको वताउदै नेपाली काङ्ग्रेस बलियो वनाउन बृहत छलफल भैइरहेको वताए । जिल्लाका ४ क्षेत्र मध्ये क्षेत्र न.१ मा काङ्ग्रेस निक्कै कमजोर भएको वताउदै निर्वाचनका वागी उम्मेदवारहरुलाइ निसर्त फिर्ता गर्ने तयारी भैइरहेको केन्द्रिय सदस्य तथा संसद घिमिरेको भनाइ छ ।
स्थानिय तहको निर्वाचनदेखी पार्टीको अवस्था कमजोर भएको जिकिर गर्दै नेपाली काङ्ग्रेस पुर्ववत अवस्थामा नै पुनरावृत्ति हुने संसद घिमिरेले जिकिर गरे । स्थानिय तहको निर्वाचनमा वागी वनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समुहलाइ कारवाही फुकुवा गर्ने तयारी गरेको खुलासा गर्दै पाटी पुन: बलियो वन्ने उन्को दावी छ ।
पार्टीका नै नेता चिरञ्जीवी हमालका विरुद्ध उम्मेदवारी दिएका क्षेत्रीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु खडकालाइ पराजित गर्दै झण्डै ५ हजारको मतान्तरले विजयी भएका थिए । उनीसगैँ वागी वनेका उपमेयर र ३ वडामा समेत क्षेत्री पक्ष निर्वाचित भएको थियो । क्षेत्री वागी वनेपछी कमजोर वनेको नेपाली काङ्ग्रेसले पनि उक्त समुहलाइ फर्काउन खासै चासो नदेखाइरहेको वेला थापाले दिएको अभिव्यक्तिलाई महत्वपूर्ण ढंगले हेरिएको छ ।
पटकपटक नगरप्रमुख क्षेत्री आफैले पनी कारवाही फुकुवा गर्नुपर्ने माग लिएर पाटी सभापति देउवालाइ भेटिसकेका छन । निक्कै कसरत गर्दा पनि पाटीले कुनै चासो नदेखाएपछी नगरप्रमुख क्षेत्रीले क्षेत्र न.१ मा संघ र प्रदेशमा आफनै उम्मेदवार उठाएका थिए । गठबन्धनका विरुद्ध उम्मेदवार उठाएका क्षेत्रीले जित भने हासिल गर्न सकेनन । कहिले नेकपा एमाले कहिले माओवादी केन्द्र प्रवेश गर्ने बिषयले चर्चामा आइरहने क्षेत्री अझै पाटीको निर्णयको पर्खाइमा रहेको उनी निकट नेताहरु वताउछन ।
पार्टीका केन्द्रिय सदस्य घिमिरेले क्षेत्री पक्षलाइ गरेको कारवाही तत्काल फुकुवा गर्ने गृहकार्य भैइरहेको वताएपछी उनीसगैँ कारवाहीमा परेका अन्य नेताहरु निक्कै खुसी भएका छन् । `प्रहलाद क्षेत्रीपक्षलाई कारवाही फुकुवा गरेर पाटीमा भित्र्याए बलियो वन्नेमा कुनै दुइमत छैन ।´ नेपाली काङ्ग्रेस युवा नेता माधव पौडेलले भने ।