
नेपाली काँग्रेसका संस्थापक बीपी काईरालाको १०८औँ जन्मजयन्तीको अवसरमा सुन्दरीजल स्थित बीपी संग्रहालय पुगेर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरी रहँदा उहाँले बीपी रामनारायण जस्ता बिभूतीहरुको योगदानलाई सम्झिनु का साथै बीपी ले रोप्नु भएको कपुर बृक्षमा जल अर्पण गर्नुका साथै शर्माले आफुपनि संकल्प रुपी रुद्राक्षको बिरुवा रोपेर महामन्त्रीको उद्घोष गर्नु भएको छ ।
घोषणा कार्यक्रमको बेला उहाँले आफ्ना अभिव्यक्ति राख्ने क्रममा बीपी कोइराला ले नेपाली जनतालाई १५ साल अर्थात तीन कार्यकाल नेपाली काँग्रेसले सरकार चलाउन पाएँ व्यवहारिकरुपमा समाजवाद ल्याउन सकिन्छ भनी बीपीले नेपाली जनतालाई देखाउनु भएको रोडम्याप साझा गर्नुभयो ।
साथै नेपालमा भएको जनआन्दोलन पश्चात भएका निर्वाचनहरुमा कसरी नेपाली काँग्रेस २०४८ देखि २०७४ सम्मको चुनाबी ‘क्रोनोलोजी’ प्रस्तु गर्दैगर्दा बिपीले चाह्नु भएको ‘त्यो तीन वटा पाँच वर्ष’ अहिले सम्म आउन नसकेको संघर्षपूणर् यात्रा जारी नै छ ।
सुन्दरीजलबाट बीपीले देख्नुभएका सपना पुरा गर्न भूमिका खेल्ने भनेर काँग्रेस प्रवक्ता विश्व प्रकास शर्माले १४आँ महाधिवेशनमा महामन्त्री पदमा घोषणा गर्नु आफैमा मननयोग्य छ । वास्तवमा कुनै पनि राजनीतिक दलको लागि महाधिवेशन भनेको त्यस्तो पिपलको बृक्ष हो जसले पार्टी संचालनका साथै देशको दशा र दिशा प्रदान गर्न प्राण वायू प्रदान गर्छ । तसर्थ काँग्रेसको महाधिवेशको बेला उत्तेजित र लोकप्रियतावादी कुरा गनुभन्दा पनि भूइँसतहमा आकार लिइरहेका सुधारात्मक पक्षहरुबारे चर्चा परिचर्चा गर्दा काँग्रेस हितमा हुनसक्छ । यो आलेखमा पनि केही त्यस्तै व्यवहारिक पक्ष उपर प्रकाश पार्ने जमर्को गरिएको छ ।
नेपाली राजनीतिको नियती हेर्दा यहाँ कुनै पनि दलको सरकार बन्दा प्रतिपक्षको एउटा ‘माइन्डसेट’ले प्रतिपक्षिय भूमिकालाई संचालित गरेको हुन्छ- ‘अर्को चुनाब बाट त हामी नै हो ।’ संसदिय व्यवस्था भएको देशमा जनताको सेवा गर्ने सम्नवयकारी र आधिकारीक स्थान प्राप्त गर्न नेपाल जस्तो बहुदलिय व्यवस्था रहेको देशमा कुनै राजनीतिक दलको सदस्य भइ चुनाबी सोपान चढी सेवा प्रदान गर्न सकिन्छ । नेपाली इतिहासले नेपाली काँग्रेसलाई देश कै पहिलो पार्टीकोरुपमा दर्ज गरेको छ । यस अर्थमा काँगे्रसको महाधिवेशन सँग देशको भविष्य जुड्न आउँछ । नेपाली काँग्रेस बारे एउटा साधारण ‘न्यारेटिभ’ को खुब चर्चा हुन्छ । त्यो हो, ‘ चुनावमा काँग्रेसका सदस्यहरुले आफ्नै पार्टीसँग अन्र्तघात नगर्ने हो भने काँग्रेस सदैव नेतृत्वमा रह्न सक्छ ।’ पँक्तिकारको जिल्लामा यस्ता ‘न्यारेटिभ’को व्यवहारिकता खोत्लदा यो यर्थातको निकट भेटिन्छ । प्रदेश नं. २ का जिलाहरुमा नेपाली काँगे्रसको अनुहार सफा चस्माले हेर्ने हो भने काँगे्रस काँग्रेसी बाट नै सिकार भएका थुप्रा दृष्टान्तहरु पस्किन सजिलो छ । माथि उल्लेखित ‘न्यारेटिभ’को जडोको गहिराई खोत्लदा यो बुझिन्छ की लाखौ क्रियाशिल सदस्य रहेको नेपाली काँग्रेसको सँगठनात्मक सङगालोको बिस्तार गर्दा त्यसमा खुलापनको कमी रहेको बुझिन्छ । काँग्रेसको सदस्यता वितरणकर्ताले ‘आफ्ना मान्छे’ लाई सक्रिय सदस्य बनाएर आफ्नो भविष्य सुरक्षित देख्छन् ! यो रोगबाट सिँगो नेपाली काँग्रेस ग्रसित भएको हुनुपर्छ । हिँजो मात्र जलेश्वर स्थित एउटा चिया पसलमा काँग्रेसका एकजना अग्रजले सुनाउनुभयो की जलेश्वर, जनकपुर जस्ता ठाँउमा कुनै युवाले काँग्रेस भित्र रचनात्मक सुधार ल्याउने उदेस्य सहित संवाद मात्र गर्न खोज्यो भने उ आफनै पार्टी भित्रका ठूला भनाउँदा नेताहरुले उसलाई परिबंदमा पार्न हरसम्भव प्रयाश गर्न थाल्छन । बडो गम्भिर कुरा हो यो । यसले नयाँ पुस्तालाई आफ्नो राजनीतिक भविष्य खोज्न निरुत्साहित गर्दैन ?
केन्द्र झैँ जिला तिर पनि महाधिवेशन सम्म पार्टी भित्र समुह/खेमा ले आकार लिइरह्नु लाई सामान्य ढंगले लिन सकिएला । तर सामान्य घाउ खटिरा जस्तो हुनुपर्ने खेमा आम चुनावसम्म क्यानसरको रुप लिइसकेको हुन्छ । बिभिन्न भातृ संगठनहरुमा समेत खेमाले जडो गाडेको हुन्छ ।
माथि चित्रित अवस्थामा सुधार नआउने हो भने नेपाली काँग्रेसको माध्यमबाट बीपीले दशकौँ पहिला देख्नुभएको समाजवादको यात्रा आजको एक्काइसौँ शताब्दीमा काँगे्रसकै माध्यमले पुरा होला भन्नेमा विश्वप्रकाशहरु प्नि ढुक्क हुनसक्नु हुन्न । जब कुनै पनि दलको सांगठनिक पकड वास्तविकरुपमा आम जनतामा पुग्छ अनि मात्र उक्त दलले आफ्ना सिद्धान्त अनुरुप जनताको सेवा गर्न निणर्ायक भूमिका खेल्न सक्छ । हरेक दलमा लागु हुने यो साधारण सूत्रबाट काँगे्रस अछुतो रह्नै सक्दैन ।
महोत्तरी क्षेत्र नम्बर-३ कै चर्चा गर्ने हो भने यस क्षेत्र भित्र रहेका स्थानिय तह अन्तर्गत रहेको ३६ वटा वडा मध्ये नेपाली काँगे्रसले केबल ३ वटा वडामा विजय हासिल गरेको दुःख लाग्दो स्थिती छ । मेयर र उपमेयरको चर्चा समेत छैन् । यो कहाली लाग्दो अवस्था किन आयो भनी महोत्तरीका यथास्थितीको गुफामा बस्ने जिम्मेवार काँग्रेसजनले इमान्दार समिक्षा गरेको कसैलाई जानकारीमा छैन् । व्यक्तिगत भेँटमा र सदरमुकाम जलेश्वरका चिया पसलहरुमा काँगे्रसी जनले प्रायः दिइराख्ने तर्क भनेको, मधेश आन्दोलनको रापतापको बीच चुनाब भएको कारणले हामी जित्न पाएनौँ । यो तर्कलाई सजिलै नकार्न पनि मिल्दैन । यद्यपी, स्थानिय निकायको चुनावमा अनुहारले पनि महत्व राख्द छ, चुनावमा पराजित भएपनि जनतालाई कसरी काँगे्रस प्रतिको आकर्षणमा कमी नआओस त्यसको लागि कुनै रणनीति बनाई अगाडी बढेको देखिँदैन, आम मानिसको दिनचर्या संग जुडेको स्थानिय तहमा ब्यापक अनयमित्ता र भ्रष्टाचारको बिगबिगी रहेको बेला नेपाली काँगे्रसले त्यस बिरुद्ध कुनै ठोस र रचनात्मक प्रतिरोध गर्दैन् । केही महिना अगाडी महोत्तरीको मटिहानी नगरपालिकामा त्यहाँका काँगे्रसी नेताज्युहरुले सिजनल बिरोध गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र सहित आएका पनि थिए । सुस्तरी त्यो आन्दोलन केही घण्टामै सिमित हुन पुग्यो । उक्त आन्दोलन नगरस्तरीय भएका कारण जिलाका नेताहरु लाई त्यसमा खुला मनले भौतिक उपस्थिती हुन तिनका ओहदा (कथित प्रोटोकल)ले रोक लगायो रे ! यसबारे रहेका अन्तरकुन्तरका चर्चा पछि गरिएला ।
नेपाली काँग्रेसको महाधिवेशन फगत केही क्रियाशिल सदस्यहरुको लागि कुनै विशेष दिन मात्र होइन, अपितु क्षेत्रिय तथा वैश्विक राजनीतिमा चासो राख्ने महाशक्ति राष्ट्रहरुको लागि पनि एउटा महत्वपुणर् उत्सव हुन्छ । यस अर्थमा पार्टीको अधिवेशनमा पार्टीको नीति नियमलाई केन्द्रमा राखि देशलाई समेत कुन नीति तहत आजको समयको वेगसँगै प्रवाहित गराउने हो त्यसबारे गहन गन्थन मंथनको खाँचो छ । अधिवेशलाई फगत अंकगणीतीय खेलको रुपमा लिनु भन्दा पनि यसमा दर्शनशात्रीय बहसले अग्रास्थान पाउनुपर्छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको पथमा काँग्रेसलाई ‘लम्काउन र लम्काइराख्न’ नेपाली काँगे्रसको महाधिवेशन मा स्थानिय सवालहरु प्रति केन्द्रित भइ रचनात्मक चर्चा हुन जरुरी छ । यसो नहुने हो भने काँग्रेसको बृक्ष घरघरमा रोपिए पनि त्यसको गोडमेल गर्न असम्भवप्रायः छ ।
काँग्रेसको संगठनभित्र रही पार्टीको प्रवक्ताको ओहदाको सदुपयोग गर्दै काँग्रेसको हितमा सालिनताका साथ तथ्य र तर्कका माध्यमले पार्टीको गरिमा जोगाउन भूमिका खेल्ने विश्वप्रकाश शर्माले सुन्दरीजलमा रोप्नुभएको रुद्राक्षको बिरुवामा कस्तो रुद्राक्ष फल्ने हो त्यो थाहा भएन । तर रुद्राक्ष फल दर्जन भन्दा बढी मुखी का हुने गर्छन् । आशा गरौ की शर्माले रोप्नु भएका रुद्राक्ष “एकमुखी” होस् । मान्यता छ की एकमुखी रुद्राक्षको धारणगर्ने व्यक्तिले मनको समस्त कामना पूर्ण गर्ने तथा आफ्नो संसारलाई अधीनमा राख्नसक्ने क्षमता प्राप्त गर्छ । साथै उसमा हरेक परिस्थितीमा उचित निणर्य लिनसक्ने क्षमता विकास हुन्छ । अहिले काँग्रेस लाई साँचिकै चलायमान बनाउने हो र बीपी लाई सही अर्थमा सम्मान दिने हो भने काँग्रेसले “काँग्रेसमुखी” भएर नसोँच्ने हो भने समाजवादको यात्रा कठिन छ ।