महाेत्तरी- मटिहानी नगरपालिकाको वड़ा नं. ७ स्थित मटिहानीमा इनारको जीर्णोद्धार गरी भगवान शिवको प्रतिमा (मूर्ति) राखी सौन्दरीयकरण गरिएको छ ।
मटिहानी नगरपालिकाको वड़ा नं. ७ को वड़ा स्तरीय योजना अन्तर्गत ५ लाखको लागतमा इनारको सौन्दरीयकरण गरिएको पालिकाका इंजीनियर विमलेश साहले बताउनु भयो । करिब १ सय वर्ष पुरानो सो इनार जीर्ण भएको थियो ।
भगवान शिवको प्रतिमा (मूर्ति) सहित स्थापित जीर्णोद्धार र सौन्दरीयकरण गरिएको इनारको उदघाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझीले संयुक्त रुपमा गर्नु भयो । कार्यक्रममा इनारमा विधिवत रुपमा भगवान शिवको प्रतिमा (मूर्ति) राखी पूजापाठ समेत गरिएको थियो ।
सो अवसरमा मटिहानी नगरपालिकाका वड़ा नं. ६ वड़ा अध्यक्ष कलीम अंसारी ,वड़ा सदस्यहरू, लोसपा नगर अध्यक्ष श्याम कुमार मण्डल, जिल्ला समन्वय समितिका सदस्य राम लखन पंजियारज्यू, वड़ा नं.८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह , शिक्षा शाखा प्रमुख चन्देश्वर साह,अशोक माझी, गरीब नाथ ठाकुर, सितसरण ठाकुर, लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यको लागि मटिहानी नगरपालिका वड़ा नं. ७ बस्ने गरीब नाथ ठाकुर र सितासरण ठाकुरले जग्गा उपलब्ध गराउनु भयो ।