
जनकपुरधाम - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजावादीहरुको आन्दोलन तुहिइसकेको बताएका छन् । नेपाली कांग्रेसका स्व. नेता ठाकुर प्रसाद ढुङ्गाना (नेता तथा राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुङ्गानाका पिता) को ६२ औं स्मृतिसभा, शालिक अनावरण र उनको बारेमा लेखिएको पुस्तक विमोचन सहितका कार्यक्रममा सहभागि हुन दुई दिनका लागि धनुषा आएका पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजावादीहरुको आन्दोलन तुहिसकिएकाले केहि बोलिरहन नपर्ने टिप्पनी गरेका छन् ।
विच्किदै उनले भने, ‘आन्दोलन छदै छ र ?’ देउवाले गृहमन्त्री रमेश लेखकको राजिनामाको मांग बेतुकको रहेको पनि दावी गरे । संसदको अवरोध कहिले हटछ भन्ने जिज्ञासामा उनले संसद अवरोधको कुनै कारणनै नरहेको बताए ।
एमाले संगको सहकार्य र गठबन्धन पुरा टिक्ने र २०८४ सम्मै चल्ने उनको दावी थियो । मधेशमा कांग्रेस नेता लागि आफनो नेतृत्वको सरकार किन सपना बन्दै छ ? भन्ने प्रश्नमा उनले सरकार, नेता कार्यक्रताले नभएर जनताले चाहेको खण्डमा मात्र बन्ने बताए । पार्टीका पुर्व उपसभापति विमलेन्द्र निधी सहित आएका देउवा धनुषामा भोली सम्म विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका छ ।