k|hftGq lbj;sf] cj;/df dfr{kf; ul/Fb}
sf7df8f}F, & kmfu’g M /fli6«o k|hftGq lbj; @)&* cj;/df g]kfnL ;]gf, g]kfn k|x/L, ;z:q k|x/Lsf 6f]nLn] dfr{kf; ub}{ . t:jL/ M /Tg >]i7÷ /f;;
जनकपुरधाम- विभिन्न कार्यक्रम गरी आज ७३औं प्रजातन्त्र दिवस मनाइँदै छ ।
सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।”





