काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा भाग लिने मतदाताको फोटोसहितको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनमा मतदान गर्ने योग्यता भएका ८८१ सांसदको नामावली सार्वजनिक गरेको हो ।
यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम उल्लेख छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माकाअनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ ।
सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता छ भने फागुन २५ गते निर्वाचन हुँदैछ ।
यस्तो छ मतदाता नामावली: