
महोत्तरी – नेपाली काँग्रेसका औरही नगरपालिकामा वडा ८ का वडा कार्य समिति टिम्कियाद्धारा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
मंगलवार औरही नगरपालिकाको वडा नम्बर ८ को टिम्किया बजारमा नेपाली कांग्रेस वडा नम्बर ८ का वडा कार्य समिति टिम्कियाद्धारा पहिलो पटक औरही नगरपालिकामा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
मिथिलाको उत्साह,उमंग र सद्भावको महान पर्व फागुन पुर्णिमा एवं होलीको अवसरमा आयोजित कार्यक्रमा औरही नगरपालिका भित्र रहेका आठ दलका नेता कार्यकर्ताहरु लाई निमन्त्रण गरेर वडा नम्बर ८ मा नेपाली कांग्रेश वडा कार्य समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा एक आपसमा रङ र अबिर दलेर होली पर्व मनाएका हुन् ।
पात्रो अनुसार पहाडमा सोमबार र तराईमा बुधवार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा आजै नगर भित्र रहेका आठ दलका नेता र कार्यकर्ताहरुले होली पर्व मनाएका हुन् ।
होली कार्यक्रमको अध्यक्षतामा नेपाली कांग्रेश पार्टीबाट निर्वाचित वडा ८ का वडा अध्यक्ष राम आश्रेय यादव, प्रमुख अथिति नेपाली कांग्रेशका जिल्ला सभापति नागेश्वर यादव, विशिष्ट अतिथि औरही नगरपालिका पुर्व नगर प्रमुख सुनिल कुमार यादव,बलबा नगरपालिका पुर्व नगर प्रमुख बिनोद यादव,औरही नगरपालिका भित्र नेपाली कांग्रेशकाबाट निर्वाचित वडा अध्यक्षहरु लगायत आठ दलका नगर अध्यक्ष आठ पार्टीका कार्यकर्ता, स्थानीय युवा वर्गहरु सहित सहभागिता रहेको थियो।

कार्यक्रममा औरही नगरपालिका पुर्व नगर प्रमुख सुनिल कुमर यादवले होलीको सबैमा शुभकामना दिदै नगरमा नजितेपनि जनतालाई सधै साथ दिने बताउनुभयो।
कार्यक्रममा उपस्थित भएका सबैले आआफ्नो तरिकाले होली पर्वको एकअर्कालाई शुभकामना अदान प्रदान गरेका थिए।
औरही नगरपालिकाको नेपाली कांग्रेसका नगर अध्यक्ष योगेन्द्र यादव,वडा १ देखि ९ सम्मका वडा कार्य समितिका अध्यक्ष लगाएत नेपली कांग्रेशका नेता लगाएत आठ दलका नेता कार्यकर्ताहरु उपस्थित भएका सबै नेताहरुले होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए।
समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने लोप हुदै गरेका बाजा र गित बाजागाजा सहित महिला र पुरुषहरुले होली गीत पनि गाएका थिए।