
महोत्तरी – औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् । होली पर्व २०७९ सालको सुखद अवसरमा सम्पुर्ण नगर प्रमुख खड्काले नगरपालिकावासी तथा देश विदेशमा रहेको नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
मिथिलामा पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ ।
यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो । यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण नगरवासीमा हार्दिक आव्हान गरेका छन् ।
नगरप्रमुख खड्काले आज बुधवार शुभकामना दिँदै होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् समाजमा धार्मिक सद्भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाऊ र होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए।