दिवेश कुमार महतो,
जनकपुरधाम- स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय द्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मधेस प्रदेशको प्रदेश स्तरीय बाल अधिकार समुह र मानव अधिकार समुहको गठन गरिएको छ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको विशेष उपस्थितीमा गठन गरिएको बाल अधिकार समूहमा हरिचन्द्र साहको नेतृत्व रहेको रहेको छ।

साहको नेतृत्वमा प्रदेश स्तरीय बाल अधिकार समुहको १४ सदस्यीय समिति गठन गरिएको हो। उपाध्यक्षमा करिना कुमारी सरदार, सचिव राज यादव , कोषाध्यक्ष उमा कुमारी महतो, सदस्य सचिव देवेन्द्र कुमार महतो,महासचिव जय प्रकाश दास र सदस्यहरुमा कन्चन मण्डल,अमन चौधरी, अनुराग कुमार महतो, प्रिति महतो, रञ्जु कुमारी महरा , भुमिका सिंह रहेका छन्।
त्यस्तै पुजा साहको अध्यक्षतामा प्रदेश स्तरीय मानव अधिकार समुह गठन गरिएको छ। उपाध्यक्षमा संतोष कुमार चौधरी, सचिव दिवेश कुमार महतो, सह-सचिव हरिनारायण दास, कोषाध्यक्षमा शंकर कुमार साह , सदस्यहरुमा शिवशंकर राम, दिनेश प्रसाद खंग , पुलकित भगत,मोहन कुमार महतो,सरिता कुमारी राय,लक्ष्मी कुमारी महतो,अनिता परियार, सुनिता लोहनी , देवकी सुनुवार, सजनी देवी सरदार रहेका छन् भने सल्लाहकार मा पशुपति महतो र केशवराज चौहान रहेका छन्।
कार्यक्रममा ईन्सेक मधेस प्रदेश कार्यालयका पदाधिकारीहरु , बाल अधिकार संचेतना समुहका संरक्षक शिक्षकहरु, बाल क्लबका पदाधिकारीहरु र मानव अधिकार समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन इन्सेक मधेस प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले गरेका थिए ।




