
काठमाडौं - सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशित गरिएको छ। बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरिएको हो ।
सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको गृह मन्त्रालयले सूचनामाफर्त सार्वजनिक गरेको छ ।
सूचनामा जनाइए अनुसार शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू रहेका छन् ।
२०८० सालमा शनिबारको बिदा मात्रै ५२ दिन रहेको छ ।
फागुन १ गते पर्ने ‘जनयुद्ध दिवस’सहित ६ दिन दिवस बिदा उल्लेख गरिएको छ । यस्तै पाँच दिन जन्मजयन्ती बिदा पनि छ।
कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।