महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा पानी परिक्षण ल्याबको स्थापना गरिएको छ। पानीको गुणस्तर जाँच गर्न मटिहानी नगरपालिका र युनिसेफको सहयोगमा मटिहानी नगरपालिकाको कार्यालयमा ल्याब स्थापना गरिएको कुरा जनाइएको छ। यसैबिच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले एक कार्यक्रमबिच सो ल्याबको आज उद्घाटन गर्नु भयो।
सो अवसरमा उहाँले ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी उपलब्ध गराउनमा सहयोग पुग्ने भन्नुभयो। ल्याबबाट ई-कोली, पि.एच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुनेछ।
हाल महोत्तरीको ५ वटा स्थानीय तहहरुमा ल्याब संचालन भइरहेको युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रमका अधिकृत अन्नपूर्णा मिश्रले बताउनु भयो।
कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मन्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, २ न. वडाध्यक्ष मो. रयुप, ७ न. वडाअध्यक्ष जितनारायण माझी, योजना अधिकृत राजेश कुमार शर्मा, युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्र,स्वास्थ्य संयोजक पवन कुमार मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, रोजगार संयोजक रमेश प्रसाद कोइराला लगायतका उपस्थित रहेका थिए।