
ढल्केवर- मधेस प्रदेश लगायत नेपाल भरीका अधिकांश सामुदायिक विधालयहरुमा कक्षा ८ को बोर्ड परिक्षा र कक्षा १ देखि कक्षा ९ सम्मको परिक्षा भईरहेको छ। परिक्षाको समयमा अनावश्यक रूपमा सस्तो लोकप्रियताको लागि परिक्षा केन्द्रमा अनुगमन गरेर समाजिक सञ्जालमा फोटो हाल्ने प्रवृति बढेपछि नेपाल सरकार गृह मन्त्रालयले त्यस्तो कार्य नगर्न अनुरोध गर्दै विज्ञप्ति नै जारी गरेको छ।
नेपाल सरकार गृह मन्त्रालय का सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेल को हस्ताक्षर सहितको विज्ञप्तिमा विभिन्न विश्वविद्यालय वा विधालय तहका वार्षिक वा अन्य परीक्षार्थीहरुलाई उत्तरपुस्तिका वितरण गर्नुपुर्व एवम् परिक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन तथा तोकिएको निरिक्षक बाहेक अनुगमनका नाममा ठुलो संख्यामा व्यक्तिहरु एकैपटक वा पटक-पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न नगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ भन्ने उल्लेख छ ।
तर धनुषा र महोत्तरीका केहि जनप्रतिनिधिहरुले गृह मन्त्रालयको सुचनालाई उल्लघंन गर्दै सस्तो लोकप्रियता कमाउनकाे लागि बालबालिकाहरुले दिंदै गरेको परीक्षाको अनुगमन गर्दै फोटो खिच्दै सामाजिक संजालहरुमा पोष्ट गरिरहेका छन्।
यसैक्रममा बिहिबार धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित रहेको श्री जनता माध्यमिक विद्यालयमा नगरपालिका का जनप्रतिनिधिजरुले विधालयको कक्षा कोठा भित्रै पसेर अनुगमन गरेको फोटो समाजिक सञ्जालमा भाइरल भएको छ।
एकैपटक तीन चार व्यक्तिहरु कक्षाकोठा भित्र पसेर अनुगमन गरिरहेको र फोटो तान्ने व्यक्ति फोटो तान्नमा व्यस्त गरेको दृश्य फेला पारेको छ ।

फोटोमा मिथिला नगरपालिका का नगर प्रमुख महेन्द्र महतो, मिथिला नगरपालिका वार्ड नं-७ का वाडा अध्यक्ष रामबहादुर स्याङदन, मिथिला नगरपालिका-४ का वडा अध्यक्ष सहितको फोटो समाजिक मा पोष्ट गरेर सस्तो लोकप्रियता कमाउन खोजिएको कुरा समाजिक सञ्जालमा छ्याप्छ्याप्ती आईरहेको छ।
त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष घुरन महतोले वडा भित्रको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र दुर्गा मावि पथलैयामा विद्यालयमा संचालित बार्षिक परिक्षाको अनुगमन गर्दै फोटो खिचाउन भ्याएका छन् । जबकी उनको वडाको विद्यालयमा व्यवस्थापन समितिको कार्यकाल सकेको महिनाै बित्दा समेत अर्को समिति गठन गर्न सकेको छैन ।

यहि सन्दर्भमा मिथिला युवा सञ्जाल ढल्केवर का अध्यक्ष इ.मनिष कुमार महतो आफ्नो फेसबुक मा लेख्नुहुन्छ 'सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन कति तयारी पुरा भयो? सबै शिक्षकको हातमा पाठ्यक्रम तथा शिक्षक निर्देशिका पुग्छ कि पुग्दैन? नयाँ शैक्षिक वर्ष सुरू हुनु अगाडि शिक्षकलाई पुनर्ताजकी तालिम हुन्छ कि हुँदैन? यी कुराहरू मा बढी ध्यान जाओस "।
त्यस्तै सोहि पालिकामा रहेको मिथिला विकास संस्थानका प्रतिनिधि मन्दिप कुशवाहा आफ्नो फेसबुकमा लेख्नुहुन्छ" लौऊ अब नयाँ के आयो त विद्यार्थी सँग फोटो लिदा सोध्नु भाको होला नि ? प्रश्न पत्रहरुको चेक जाँच गर्नु भएन जस्तो छ ? कहिले टाइपिङ् सुधार्ने होला? प्रश्न पत्रमा धेरै त्रुटिहरू छन् त्यसमा ध्यान कसले दिने होला? परीक्षा हुनु भन्दा अगाडि खोई त अनुगमन? खोई त विषयगत शिक्षक? खोई त अङ्ग्रेजी माध्यम ? जुन बाच गरिएको थियो ?"
यसरी मिथिला नगरपालिका को जनप्रतिनिधिहरुको बारेमा टिकाटिप्पणी भइरहेको छ। अनुगमन गर्नु भनेको भत्ता पचाउनु हो । यो आवश्यक छैन। यसरी अनुगमन गर्दा विधार्थीहरुलाई तर्साउने काम हो भनेर आरोप लागिरहेको छ।
नियम कानुन सबैका लागि बराबर हुन्छ। यधपी सरकारकै पक्षबाट नियम कानुनको उल्लघंन हुनु भनेको सार्वभौमिकता माथि प्रहार गर्नु हो ।