
संघिय संरचनामा सवैभन्दा सक्तीसाली स्थानिय तहलाइ मानिएको छ । संघ र प्रदेशमा सरकार अल्पमतमा परे बिस्वासको मत लिनेदेखी सरकार ढल्नेसम्म हुन सक्छ ।
तर स्थानिय सरकार यस्तो बलियो सरकार हो जस्लाइ ५ बर्षसम्म कसैले हल्लाउन सक्दैन । यस्का वावजुत पनि अल्पमत र बहुमतको खेल भने निक्कै रोचक हुन्छ ।
महोत्तरीमा पनि १५ वटा स्थानिय तहमध्य ४ स्थानिय तहमा पालिकाप्रमुखहरु अल्पमतमा छन । बर्दिबास नगरपालिका, भंगाहा नगरपालिका, सोनामा गाउँपालिका र महोत्तरी गाउँपालिका सरकार प्रमुख अल्पमतमा छन ।
तर वहुमतमा रहेका स्थानिय सरकारले समेत स्वतस्फूर्त काम गर्न नसक्दा यो ९ महिनाले खासै गति लिन सकेको छैनन ।
अल्पमतमा रहेका सरकारलाइ कार्यापालिकावाट नै घेरावन्दी वनिरहेको छ भने बहुमत भएकाहरुलाइ संघ र प्रदेशमा रहेका राजनैतिक सक्तिहरुले नियन्त्रण लिइरहेको देखिएको छ ।
त्यसो त कतिपय पालिका प्रमुखहरुले सर्वसक्तिमान वन्न खोज्दा कार्याकाल नै असफल भएको उदाहरण पनि छन ।
अघिल्लो कार्यकालमा सम्सी गाउँपालिकामा वडा देखि सम्पुर्ण कार्यपालिकामा माओवादी केन्द्रको बहुमत थियो तर पालिका प्रमुख र उपप्रमुख विचको लडाइले खासै काम हुन सकेन ।
सम्सी जस्तै एउटै पाटीवाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक खिचातानी र फरक पाटीको दलिय छायाले अहिले पनि कतिय स्थानिय सरकार सकसमा छन ।
स्थानिय सरकार जुन पाटीको छ त्यो सफल भए राजनिती अभिष्ट समाप्त हुने डरले पनि केन्द्र र प्रदेश सरकारमा सक्तीमा रहेकाहरुको निसाना स्थानिय तह वन्दै आएका छन ।
कार्यापालिकामा सहज छ, प्रदेश र संघ सरकारवाट असहयोग भैइरहेको छ : बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री
नेपाली काङ्ग्रेसवाट टिकट नपाएपछी वागी वनेर निर्वाचित भएका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीलाइ राजनिती दल कै कारण काम गर्न असहज वनेको छ ।
प्रमुख प्रशासकिय अधिकृतहरु राजनैतिक दलको रोजाइ वन्दा उन्ले नगरको नियमित काम समेत गर्न सकेका छैनन ।
नगरप्रमुख क्षेत्रीले निर्वाचित हुनासाथ काङ्ग्रेस निकट मानिने धर्मानन्द जोशीलाइ ल्याए । तर जोशी ४ महिनामा सरुवा हुनु पर्यो ।
त्यसपछी आफ्नै रोजाइमा पुन: किरणनिधि तिवारीलाइ ल्याए उन्लाइ पनि नगरमा कामकाज सुरु गरेको १५ दिनमा नै सरुवा गरियो । यही बिषयलाइ लिएर नगरप्रमुख क्षेत्री अहिले आक्रोशमा छन ।
पत्रकारहरुको भेटमा नगरप्रमुख क्षेत्रीले भने - ` अहिले नगर माओवादी केन्द्रको क्रीडास्थल वनेको छ । वहाँहरुको नै रोजाइ अनुसार तिवारीलाइ सरुवा गर्नुभयो अब अर्को पठाउनुहुन्छ होला ।´
तर कार्यापालिकामा भने उनी सधै बहुमतमा हुन्छन । काङ्ग्रेसको लिगेसीको कारण उन्लाइ काङ्ग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरुको समर्थन छ भने यसमाथी नेकपा एमालेका जनप्रतिनिधिहरुले समेत साथ दिदै आएका छन ।
यता नगर विकासका साझा मुद्दामाथी कहिल्यै पनि माओवादीले अवरोध नगरेको वडा अध्यक्षहरु वताउछन ।
रामजानकी पार्क सिलन्यासको लागी प्रधानमन्त्री प्रचण्डलाइ बोलाउदा माओवादीले नै अवरोध गरेको वताउदै नगरप्रमुख क्षेत्रीले माओवादी केन्द्रले निर्वाचनमा हारको प्रतिसोध साधेको आरोप लगाए ।
लामो समयदेखी आफ्नो प्रभाव जमाउदै आएको माओवादी केन्द्रले यो निर्वाचनमा महोत्तरीका गौशाला, बर्दिबास, रामगोपालपुर र सम्सी गाउँपालिका गुमाएको छ भने संघमा समेत पराजय वेहोरेको छ ।
सुरुमा श्वास नै फेर्न दिदैन्थे विपक्षीहरुले : नगरप्रमुख सन्जिव साह भंगाहा नगरपालिका
भंगाहा नगरपालिकामा दोहोरिएका नगरप्र्मुख सन्जिव साहले यो निर्वाचनमा बहुमत बटुल्न सकेनन । अहिले कार्यापालिकामा उन्को पाटी लोसपावाट ४ जना मात्र छन ।
अघिल्लो कार्याकालको अनुभवलाइ कार्यापालिकाको पहिलो बैठकमा टेवल गर्न खोज्दा नगरप्रमुख साहमाथी निक्कै असहमती पर्दसन भयो ।
नगर विकासको अत्यावश्यक बिषयहरुमा समेत निर्णय गर्न खोज्दा प्रमुख साहलाई घेरावन्दी मात्र भएन कार्यपालिका बैठकमा नै आक्रमण प्रयास समेत भयो ।
सुरुको दुई, तीन महिना साहले यस्ता बिषयलाइ झेलीनै रहे । प्रमुख साहले टेवल गरेका बिषयहरुमा कार्यापालिकाका सदस्यहरुले शृङ्खलावद्द आपत्ती जनाइरहे ।
नगरप्रमुख साह भन्छन : - ` राम्रै काम गरेको हुनाले मलाइ जन्ताले दुइपटकसम्म निर्वाचित गरे । अर्को पल्ट संवैधानिक व्यवस्था अनुसार उम्मेदवार हुन पाइदैन ।´
अल्पमतमा परेको हुनाले काम गर्न नसकेको र कस-कस्ले काम गर्न नदिएको बिषयमा जन्तालाइ प्रष्टिकरण दिन पनि सजिलो भएको साहको भनाइ छ ।
`सायत: यो बिषयलाइ उनिहरुले बुझे अनि मलाइ साथ दिदै आएका छन ।´ उन्ले भने । ` मैले टेवल गरेका बिषयहरु अहिले बहुमतले पारित हुन्छ ।´
तर विकासको लागी आफ्नो पाटीको कुनै मन्त्रालय भए बजेट ल्याउन पनि सजिलो हुने र नत्र स्थानिय तह प्रमुखलाइ संघ र प्रदेशमा बेवास्ता गर्ने प्रमुख साहको बुझाइ छ ।
मन्त्रालयमा काम लिएर जादा पहिले त कुन पाटीवाट निर्वाचित हो भन्न्ने पहिचान भएपछी मात्र कामको बिषयमा प्रवेश पाउने स्थानिय सरकार प्रमुखहरुको गुनासो छ ।
आन्तरिक स्रोत, साधनवाट नै स्थानिय तहमा विकास अर्याप्त हुन्छ । यस्को लागी संघ र प्रदेश सरकारसँग जोडिनु पर्ने अवस्थालाइ पनि दलिय निकटताले निर्धारण गरेको छ ।
सोनामा गाउँपालिकाका अध्यक्ष बिस्वेस्वर प्रसाद यादव भन्छन : काम गर्न सकस छ
बिशेष गरि अल्पमतमा परेका स्थानिय सरकार विकासको लामो फेहरिस्त लिएर अगाडि बढन चाहेतापनी कार्यापालिका सदस्यहरुवाट नै ब्रेक लाग्ने गरेको छ ।
कार्यापालिका सदस्य निर्वाचनमा पाटीभित्रैवाट घात भएपछी बहुमत गुमाएको सोनामा गाउँपालिकाका अध्यक्ष बिस्वेस्वर प्रसाद यादव वताउछन ।
यसैको परिणाम यादवले भोग्दै आएका छन । `आफुले गरेको निर्णयमा कार्यापालिका बैठकमा बहस गराउनुपर्ने र समर्थनको पर्खाइमा बस्नुपर्ने हुन्छ ।´ अध्यक्ष यादवले भने ।
लोसपावाट निर्वाचित अध्यक्ष यादवको आफ्नो पाटीको बहुमत नहुदा विपक्षीहरुसगँको शरण निक्कै नमिठो हुने वताउछन ।
महोत्तरीमा एकातिर कार्यापालिका सदस्यहरुलाई मिलाउनुपर्ने र अर्कोतिर विपक्षी पाटीहरुलाइ सन्तुलनमा राखिराख्नुपर्ने वाध्यताले स्थानिय सरकार रचनात्मक काममा भन्दा पाटीको बिरासत जोगाइराख्न लागीपरेको देखिएको छ ।
वडाको सिलिङ्ग बजेटमा समस्या हुन्छ तर निर्णय गर्न कठिनाइ छैन : महोत्तरी गाउँपालिका
तमलोपावाट निर्वाचित महोत्तरी गाउँपालिका प्रमुख दिलिप कुमार पाण्डे पनि अलपमतमा छन ।
लोसपा, जसपाको वहुमत रहेको यो पालिकामा निर्णय गर्न खासै असहज वातावरण नभएको प्रमुख पाण्डेको दावी छ तर उन्ले टेवल गराएका बिषयहरु कतिपय अहिले कार्यापालिकावाट निर्णय हुन सकेका छैनन ।
तर स्थानिय सरकार संचालनमा अल्पमतमा रहेका सरकारहरुले अपेक्षित काम गर्न नसक्ने प्रमुख पाण्डेको ठम्याइ छ ।
वडामा छुट्याउने बजेटमा असहमति वन्दा यसअघिको गाउँसभा नै रोकिएको थियो ।