महोत्तरी।महोत्तरी जिल्लाको राम मा.बि. मटिहानीमा प्राविधिक कक्षामा अध्ययनरत विद्यार्थीहरुको लागि आई.सि. टी. (ICT) कम्प्यूटर ल्याबको स्थापना गरिएको छ ।मटिहानी नगरपालिकाको सहयोगमा सो विद्यालयको प्राविधिकधार तर्फ कम्प्यूटर इंजीनियरिंगमा अध्ययनरत विद्यार्थीहरुको लागि अध्ययनमा सहज हुने उद्देश्यले उक्त आई.सि. टी. (ICT) ल्याबको स्थापना गरिएको कुरा विद्यालयले जनाएको छ ।

उक्त आई.सि. टी. (ICT) ल्याबमा १५ वटा कम्प्यूटर , १ थान all in one , १ थान प्रिंटर लगायतका सामाग्री रहेका छन ।यसै बीच आई.सि. टी. (ICT) ल्याबको एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले समुद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले आई.सि. टी. (ICT) ल्याबको स्थापनाले प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पुग्ने भन्नु भयो ।




विद्यालयका प्र.अ. अजय पाण्डेयज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,वड़ा अध्यक्षहरु कलीम अंसारी, रितेश साह, पूर्व गाविस अध्यक्ष रामकुमार मण्डल, पूर्व गाविस उपाध्यक्ष उपेन्द्र चौधरी, पुर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य विजय साह,महोत्तरी उद्योग बाणिज्य संघका सचिव विजय साह (रंजीत), शिक्षा संयोजक चन्देश्वर साह, यालना विद्यापीठका प्राध्यापक हेमनारायण लाल कर्ण, राजकीय संस्कृत विद्यालयका प्र.अ. इश्वरी पौडेल, श्रीष मिश्रा,कार्यपालिका सदस्यहरु अरुण नाहर, उमाशंकर साह, जुगेश्वर ख़त्वे, जवाहर साह कसेरा, लगायतका सहभगिता रहेका थिए ।







