
जनकपुरधाम- मानव अधिकार रक्षकको अवस्था बारे प्रदेश स्तरीय समिक्षा बैठक तथा कार्यशाला गोष्ठी सञ्चालन भएको छ।
राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष श्याम कुमारी साहको अध्यक्षता र मधेस प्रदेश सरकारका कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा धनुषाको लालगढ स्थित बौआ होटलमा बुधबार देखि संचालन भएको समिक्षा बैठक तथा कार्यशाला गोष्ठी को पहिलो दिनमा मानव अधिकार रक्षकहरुको विभिन्न समस्याहरु उपर छलफल भएको छ।
दुई दिने कार्यशाला गाेष्ठी प्रदेश संसद रामाशिस यादव र राष्ट्रिय मानवअधिकार आयाेग प्रदेश कार्यालय प्रमुख मन्जु खतिवडाको विशेष उपस्थिती रहेको थियो ।