
काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिन बितेको छ । पुस ११ गतेबाट कार्यारम्भ गरेको प्रचण्ड सकारले १०० दिनमा आफूले गरेको उपलब्धिहरूको विवरण सार्वजनिक गरेको छ ।
विवरणमा अर्थतन्त्रको सुधारको प्रयासदेखि शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रयाससम्म समेटिएका छन् । यस्तै छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गरेको दाबी गरेको छ ।
सरकारले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको समेत दाबी गरिएको छ ।