मधेस प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीले राजीनामा दिएका छन् । उनीहरूले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले सामूहिक राजीनामा दिएका हुन् ।
त्यसअघि मुख्यमन्त्री यादवले एमालेका मन्त्रीलाई राजीनामा दिन भनेका थिए । एमालेले सम्हालेका मन्त्रालय अब कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
गत पुस २७ गते एमालेले समर्थन दिएपछि जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।