
जनकपुरधाम- मधेस प्रदेशमा नयाँ वर्ष २०८० मा ११ दिन सार्वजनिक बिदा हुने भएको छ।
२०८० सालमा संघ सरकारले दिने बिदा बाहेक मधेस सरकारले विभिन्न पर्वको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।
राजपत्रमा प्रकाशित सुचना अनुसार मधेस सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्मदको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निणर्य गरेको छ ।
यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलिपल्ट र चैत २१ गते रामनवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको गृह तथा सञ्चार मन्त्रालयका निमित्त सचिव देवेन्द्र कुमार झाले जानकारी दिए ।
मधेस सरकारको बिदा प्रदेश स्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ ।


