
लालझाडी,क्रञ्चनपुर- मुक्त कमैया,हलिया र कम्लहरी पुनःस्थापना कार्यबिधि २०८१ बिषयक छलफल सम्पन्न भएको छ । छलफल लालझाडी गाउपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । स्थानिय तहका जनप्रतिनिधि,मुक्त कमैया,हलिया र कम्लहरीका सहभागीतामा सम्पन्न कार्यकार्यक्रममा सुदुर पश्चिम प्रदेश सरकारले निर्माण गरेको कार्यबिधिमा भएका ब्यवस्था र कार्यान्वयनको अवस्थाका बिषयमा छलफल भएको हो । छलफलमा तत्कालीन अवस्थामा सरकारले लगत संकलन गरी परिचयपत्र प्रदान गर्दा मुक्त कमैया,कम्लहरी र हलिया हरु लगतमा समाबेश हुन नसकी परिचयपत्र प्राप्त गर्नबाट बञ्चीत रहेकोमा उनिहरुको पुन लगत लिने र परिचयपत्र दिने बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा लालझाडी गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि श्री निर्मल कुमार रानाले प्रदेश कार्यबिधि र पालिका स्तरीय निर्देशिका निर्माण गरी परिचयपत्र पाउन बाट बञ्चीत मुक्त कमैया,हलिया र कम्लहरी हरुलाई प्रक्रिया पुरा गरि परिचयपत्र बितरण गर्ने प्रतिबद्धता जनाए । उनले आगामी निति तथा कार्यक्रममा श्रोत साधनले भ्याए सम्म कमैया,हलिया र कम्लहरीहरुलाई सहयोग पुग्ने खालका कार्यक्रममा बजेट बिनियोजन गर्ने बताए ।
कार्यक्रम मुक्त कम्लहरी बिकास मञ्च,कमैया महिला जागरण समाज र मुक्त कमैया समाजको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले कमैयाका सवाल र मुक्त कम्लहरी बिकास मञ्च का अध्यक्ष हिरा चौधरीले कम्लहरीका सवालमा ध्यान आर्कषण गराएका थिए । मुक्त कमैया समाजका प्रदेश अध्यक्ष श्री चन्द्र प्रसाद चौधरीले सञ्चालन गरेको कार्यक्रममा अधिबक्ता बालाराम भटटराईले कार्यबिधिमा भएका प्रमुख प्राबधान र आगामी बाटोको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।