
जनकपुरधाम- धनुषामा भारी परिमाणमा लागु औषध गाँजा सहित मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मनहरी नगरपालिका ८ बस्ने शन्तबिर दोङ्ग रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।पक्राउ पर्ने ट्रक चालक हुन् ।

फिल्मी शैलीमा खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले गाजा बरामद गरेको हो ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरी टोलीले ढल्केवर-जनकपुरधाम राजमार्ग अन्तर्गत लक्ष्मिनीयाँ चोक सडकखण्डबाट गाजा बरामद गरेको हो ।
बरामद गरिएको गाजाको तौल एक क्विन्टन २४ किलो रहेको प्रहरीले जनाएको छ।

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ्ग गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले ट्रक सहित चालकलाई पक्राउ गरेको हो।