
जनकपुरधाम- रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
मेयर पदका उम्मेदवार दीपक यादवले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर गरुडा–५ बस्ने गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए ।
घाइतेलाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।