
काठमाडौं- नेपाल प्रेस युनियनले अधिवक्ता रामचन्द्र पौडेल (आर.सी बिमल)लाई कानुनी सल्लाहकार नियुक्त गरेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको युनियनको केन्द्रीय सचिवालय बैठकले पौडेललाई कानुनी सल्लाहकार नियुक्त गरेको हो ।
डेढ दशकदेखि वकालत गर्दै आएका पौडेल काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हुन् । कानुन विषयमा स्नातक, व्यवस्थापनमा स्नाकोत्तर गरेका पौडेल लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका अध्यक्ष हुन् ।
श्रमजिबी पत्रकारका मुद्दा लगायतका विषयमा पत्रकारलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन सहयोग पुगोस् भनेर कानुनी सल्लाहकार नियुक्त गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।