जनकपुर – मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले अन्ततः पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त भएका छन् ।



यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।





